दफा २४
कार्यकारी निर्देशकको अयोग्यता
देहायको व्यक्ति कार्यकारी निर्देशकको पदमा नियुक्त हुन वा त्यस्तो पदमा बहाल रहन योग्य हुने छैनः ०
(क) दफा २३ को उपदफा (३) बमोजिमको योग्यता नभएको,
(ख) पैंसट्टी वर्ष उमेर पूरा भएको,
(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(घ) _ प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(ङ) साहुको दामासाहीमा परेको, (च) कुनै विदेशी मुलुकको आवासीय अनुमति प्राप्त गरेको, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि" स्थायी आवासीय अनुमति "भन्नाले विदेशी मुलुकले कुनै शर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रूपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डी.भी.), परमानेण्ट रेजिडेण्ट भिसा (पी.आर.) वा ग्रीन कार्ड सम्झनु पर्छ रु सो शब्दले नेपाली नागरिकलाई विदेशमा: स्थायी रूपमा बसोबास गर्न दिइएको जुनसुकै: नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ।
(छ) शारीरिक वा मानसिक अस्वस्थताका कारण कार्यसम्पादन गर्न असमर्थ भएको ।