नियम ५९
किरिया बिदा
(१) कुनै सैनिक व्यक्तिले कुल धर्म अनुसार आफै किरिया बस्नु परेमा वा त्यस्तो सैनिक व्यक्तिको बाबुआमा, बाजेबज्यै, छोराछोरी वा सासु ससुराको मृत्यु भएमा वा पुरुष सैनिक व्यक्तिको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा पाउनेछ । महिला सैनिक व्यक्तिको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया बिदा दिइनेछ ।
(२) किरिया बिदामा बस्दा सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(३) उपनियम (१) बमोजिम बिदा लिने सैनिक व्यक्तिले बिदा पछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र र मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने सैनिक व्यक्तिको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।