नियम ६०
किरिया विदा
(१) कुनै निजामती कर्मचारीले कुल धर्म अनुसार आफु किरिया बस्नु परेमा वा त्यस्तो कर्मचारीको बाबुआमा,
बाजेबज्यै, छोराछोरी वा सासु ससुराको मृत्यु भएमा वा पुरुष निजामती कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन
किरिया विदा पाउनेछ । महिला निजामती कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया विदा दिइनेछ ।
(२) किरिया विदामा बस्दा निजामती कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) उपनियम (१) बमोजिम विदा लिने निजामती कर्मचारीले विदा पछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत व्यक्तिस“गको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने निजामती कर्मचारीको त्यस्तो विदाको अवधि निजले
पाउने अन्य विदाबाट कट्टा गरिनेछ ।