दफा ५
केन्द्रको काम, कर्तव्य र अधिकार
(१) यस ऐन बमोजिम समरूपता परीक्षण गर्ने संस्थालाई प्रत्यायन प्रमाणपत्र प्रदान गर्ने अधिकार केन्द्रलाई मात्र हुनेछ।
(२) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) बिषयगत समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार गरी समितिमा पेश गर्ने,
(ख) समितिले गरेको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) समरूपता परीक्षण गर्ने संस्थालाई प्रत्यायन प्रमाणपत्र प्रदान गर्ने,
(घ) विभिन्न विषयका. विज्ञ. तथा- परीक्षणकर्ताको सूची बनाउने र अद्यावधिक गर्ने,
(ङ) प्रत्यायन तथा समरूपता परीक्षण सम्बन्धमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने,
(च) प्रत्यायनसँग सम्बन्धित सचेतना तथा प्रवर्द्धनात्मक कार्य गर्ने,
(छ) प्रत्यायन तथा समरूपता परीक्षण सम्बन्धमा सम्बन्धित नियमनकारी निकायसँग सहकार्य गर्ने,
(ज) - प्रत्यायन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्मेलन तथा कार्यक्रममा प्रतिनिधित्व गर्ने,
(झ) समरूपता परीक्षण गर्ने संस्थाले गरेका काम कारबाहीको अनुगमन गर्ने,
(ज) नेपाल सरकारको स्वीकृति लिई अन्य मुलुकका, क्षेत्रीय वा अन्तर्राष्ट्रिय समकक्षी संस्थासँग समरूपता परीक्षण तथा प्रत्यायन सम्बन्धी सम्झौता गर्ने, र
(ट) समितिले तोकिदिए बमोजिमका अन्य कार्य गर्ने।