नियम १३८
खारेजी र बचाउ
(१) निजामती सेवा नियमावली, २०२१ खारेज गरिएको छ ।
(२) निजामती सेवा नियमावली, २०२१ बमोजिम भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
(३) निजामती सेवाको सम्बन्धमा यस नियमावलीमा लेखिए जति कुरामा यसै बमोजिम र अरुमा बेग्लाबेग्लै सेवा वा
समूहको लागि पृथक रुपले लागू हुने गरी बनेका नियमहरुमा लेखिए बमोजिम हुनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवाको सम्बन्धमा यसै नियमावली बमोजिम हुनेछ ।