दफा
थुनुवा पुर्जी वा कैदी पुर्जी दिनु पर्ने
(१) कुनै पनि व्यक्तिलाई प्रचलित कानून बमोजिम थुना वा कैदमा राख्नु अघि थुनुवा पुर्जी वा कैदी पुर्जी दिनु पर्नेछ र कुनै पनि थुनुवा वा कैदीलाई त्यस्तो पुर्जी बिना बन्दीको रुपमा कारागारमा राख सकिने छैन।

(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई अदालतको आदेशबाट कुनै कसूरको अनुसन्धान वा पुर्पक्षका लागि थुनामा राख्नु पर्ने भएमा निजलाई देहायको विवरण समेत खुलाइएको थुनुवा पुर्जी दिई कारागारमा पठाउनु पर्नेछ:-

(क) कुन कसूरको आरोपमा अनुसन्धान वा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो सो कुरा,

(ख) / कसूरको संक्षिप्त विवरण,

(ग) थुनामा रहने अवधि,

(घ) थुनामा राख्न आदेश दिने अदालत ।

(३) अदालतको फैसला बमोजिम कैद सजाय पाएको कुनै व्यक्तिलाई कैदमा राखु पर्ने भएमा निजलाई देहायको विवरण समेत खुलाइएको कैदी पुर्जी दिई कारागारमा पठाउनु पर्नेछः-

(क) कुन कानून अन्तर्गतको कसूर ठहर भई कति सजाय हुने हो त्यसको संक्षिप्त विवरण, (ख) फैसला गर्ने अदालत र फैसला भएको मिति,

(ग) फैसला बमोजिम कसूर बापत तोकिएको सजायको विवरण,

(घ) कैदमा बस्नुपर्ने बाँकी अवधि,

(ङ) न्यायिक हिरासतमा रहेको भए त्यसको विवरण ।

(४) अदालतको फैसला बमोजिम भएको जरिबाना नतिरे बापत कुनै व्यक्तिलाई कैदमा राख्नु पर्ने भएमा निजलाई देहायको बिवरण समेत खुलाइएको कैदी पुर्जी दिई कारागारमा पठाउनु पर्नेछ: -

(क) कुन कानून अन्तर्गत. कति जरिबाना भएको हो सोको विवरण,

(ख) फैसला गर्ने अदालत र फैसला मिति,

(ग) प्रतिदिन कैद बस्दा कट्टा हुने जरिबाना रकम,

(घ) जरिबाना/नतिरेमा कैदमा बस्नु पर्ने अवधि ।

(५) अदालतले (उपदफा (३) वा (४) बमोजिमको कैदी पुर्जीमा उल्लिखित विषयका अतिरिक्त कैदमा बस्ने व्यक्तिको नाम, थर, वतन, वर्ष, वर्ण/ हुलिया, निजको बाबु, आमा र पति वा पत्नीको नाम, थर, ठेगाना, उमेरका साथै निज नेपाली नागरिक भए नागरिकता नम्बर र- जारी भएको जिल्ला र मिति तथा विदेशी नागरिक भए राहदानी नम्बर, प्रवेशाज्ञाको विवरण, राहदानी जारी गर्ने मुलुक, जारी भएको मिति समेत खुलाई सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाउनु पर्नेछ।

(६) उपदफा (२), (३) वा (४) बमोजिम कुनै बन्दीले निजलाई दिइएको पुर्जी बुझी नलिएमा उक्त पुर्जी बुझाउने जिम्मेवारी पाएको कर्मचारीले सो व्यहोरा जनाई सम्बन्धित स्थानीय तह वा सो अन्तर्गतको कुनै कार्यालयको कर्मचारीलाई साक्षी राखी सोही पुर्जीमा निजको सही गराई राख्नु पर्नेछ।