दफा १०
थुनुवा वा कैदीहरूलाई काममा लगाउने

प्रचलित नेपाल कानुनमा अन्यथालेखिएकोमा बाहेक कुनै थुनुवा वा कैदीलाई निजको इच्छा विरुद्ध कुनै काममा लगाइने छैन ।
तर नेपाल सरकारले थुनुवा र कैदीहरूको स्वास्थ्य, आर्थिक उन्नति वा सुधारको निमित्त आवश्यक ठानेमा कुनै थुनुवा वा कैदीलाई कुनै काममा लगाउने व्यवस्था गर्न सक्नेछ ।