नियम १४
दरखास्त दिने
(१) नियम १३ बमोजिमको विज्ञापनमा भाग लिन चाहने उम्मेदवारले निर्धारित दरखास्त फाराम भरी पदपूर्ति समितिले तोकेको परीक्षा दस्तुर सहित सूचना वा विज्ञापनमा तोकिएको स्थान र मितिमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएका दरखास्त उपर छानवीन गर्दा रीतपूर्वकको देखिएमा त्यस्तो दरखास्त दर्ता गरी सम्बन्धित उम्मेदवारलाई प्रवेश पत्र दिनु पर्नेछ ।
तर तोकिएको म्यादभित्र दाखिला नभएको वा विज्ञापनमा उल्लिखित अन्य विवरणहरू नखुलेको वा परीक्षा दस्तुर नबुझाएको वा शर्त राखिएको दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
(३) दरखास्त फाराम भर्ना केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।
(४) यस नियम बमोजिम दर्ता भएका दरखास्त फाराम दरखास्त बुझाउने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र परीक्षा सञ्चालन गर्ने निकायमा बुझाउनु पर्नेछ ।