नियम १३७
नेपाल न्याय सेवाका कर्मचारी सम्बन्धी विशेष व्यवस्था
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको
अन्तरिम संविधान, २०६३ बमोजिम न्याय सेवा आयोगको काम, कर्तव्य र अधिकार एवं क्षेत्र तोकिएको विषयमा उक्त संविधान, न्याय
सेवा आयोग सम्बन्धी प्रचलित कानून र नेपाल न्याय सेवाका कर्मचारीहरुको श्रेणी विभाजन, भर्ना, सरुवा र बढुवा सम्बन्धी
नियमावलीमा लेखिए जति कुरामा सोही बमोजिम र अरुमा यस नियमावली बमोजिम हुनेछ ।