दफा १२
पदाधिकार कायम रहने
देहायको अवस्थामा निजामती कर्मचारीको आफ्नो पद माथिको
पदाधिकार कायम रहनेछः–
(क) त्यस पदमा कामकाज गरिरहँदासम्म ।
(ख) अर्को पदमा सरुवा भई कार्यभार सम्हाल्न पाइने म्यादसम्म ।
(ग) बिदामा रहेको बखत ।
(घ) निलम्बन रहेको बखत ।
(ङ) नेपाल सरकारद्वारा वा गैरसरकारी काममा खटाइएका बखत वा कुनै अन्य पदमा कायम मुकायम भई काम गरेको बखत ।