नियम ११
परीक्षाको पाठ्यक्रम
(१) नेपाली सेनामा खुल्ला प्रतियोगिता तथा आन्तरिक प्रतियोगिताद्वारा रिक्त पदमा पदपूर्ति गर्न आवश्यक पर्ने पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न देहाय बमोजिमको पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति रहनेछः-
(क) भर्ना छनौट निर्देशनालयको निर्देशक –अध्यक्ष
(ख) लोक सेवा आयोगको राजपत्राङ्कित द्वितीय श्रेणीको प्रतिनिधि –सदस्य
(ग) मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणीको प्रतिनिधि –सदस्य
(घ) पदपूर्ति समितिले तोकेको सम्बन्धित विषयको विशेषज्ञ एक जना –सदस्य
(ङ) भर्ना छनौट निर्देशनालयको अधिकृत प्रतिनिधि –सदस्य सचिव
(२) उपनियम (१) बमोजिमको पाठ्यक्रम निर्माण तथा परिमार्जन समितिबाट निर्माण तथा परिमार्जन भएको पाठ्यक्रम पदपूर्ति समितिबाट स्वीकृत भएपछिमात्र लागू हुनेछ ।