नियम १२३
पहिलेको सेवा अवधिको गणना
(१) निजामती कर्मचारीको पहिलेको सेवा अवधिको गणना गर्दा देहाय बमोजिम गणना गरिनेछ ः-
(क) बढुवाको लागि जेष्ठता गणनाको प्रयोजनको निमित्त पहिले निजामती सेवा वा पदमा स्थायी नियुक्ति भई गरेको
सेवा अवधि (बीचमा टुटेको भए टुटेको अवधि कटाई) बापत शत प्रतिशत र पहिले विकास तर्फको पदमा सेवा गरी
सो सेवालाई अविछिन्न राखी तथा पहिले निजामती सेवाको साधारणतर्˚को पदमा एक वर्षभन्दा बढी अस्थायी
सेवा गरी सो सेवालाई अविच्छिन्न राखी निजामती सेवातर्˚ स्थायी नियुक्ति पाएका निजामती कर्मचारीको साविकको
विकास वा अस्थायी सेवा अवधिको गणना देहाय बमोजिम गरिनेछ ः–
(१) राजपत्राङ्कित प्रथम श्रेणीमा गरेको सेवा अवधि बापततेत्तीस प्रतिशत
(२) राजपत्राङ्कित द्वितीय श्रेणीमा गरेको सेवा अवधि बापतपचास प्रतिशत
(३) राजपत्राङ्कित तृतीय श्रेणीमा गरेको सेवा अवधि बापतछैसट्ठी प्रतिशत
(४) राजपत्र अनङ्कित श्रेणी र परिचर पदमा गरेको सेवा अवधि बापत पचहत्तर प्रतिशत
(ख) निवृत्तभरणको प्रयोजनको निमित्त पहिले सरकारी सेवा वा पदमा स्थायी नियुक्ति भई गरेको सेवा अवधि (बीचमा
टुटेको भए टुटेको अवधि कटाई) र ………….. विकास तर्फको पदमा मिति २०२६।८।११ भन्दा पहिले नियुक्ति
भई त्यस्तो पदमा गरेको सेवालाई अविछिन्न राखी स्थायी सेवामा आएका निजामती कर्मचारीको त्यस्तो साधारण
तथा विकास तर्फको पदमा स्थायी रुपमा गरेको सेवा अवधि ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिले गरेको कुनै सरकारी सेवा बापत उपदान पाइसकेको व्यक्ति
पुन निजामती पदमा नियुक्त भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि यस नियम
बमोजिम हालको पदमा गणना गरिनेछ ।
(३) यो नियमावली प्रारम्भ हुंदाका बखत निजामती सेवामा कार्यरत रहेका निजामती कर्मचारीले यो नियम प्रारम्भ भएको
मितिले एक वर्षभित्र र यो नियमावली प्रारम्भ भएपछि नियुक्ति पाएका निजामती कर्मचारीले नियुक्ति पाएको मितिले एक वर्षभित्र यस
नियम बमोजिम सेवा अवधि जोडाई सकेको हुनु पर्नेछ । उक्त अवधिभित्र सेवा अवधि नजोडाएमा त्यस्तो सेवा अवधि पछि जोडिने छैन
।
(३क) कुनै निजामती कर्मचारीको सरकारी कामको सिलसिलामा सवारी दुर्घटनामा परी मृत्यु भएमा निजले पहिले गरेको सरकारी सेवाको अवधि जोड्दा निवृतभरण पाउन सक्ने अवस्था रहेछ भने नेपाल सरकारले निवृतभरणको लागि निजको पहिलेको सेवा अवधि जोड्ने निर्णय गर्न सक्नेछ ।
(३ख) यस नियममा लेखिएदेखि बाहेक अन्य कुनै प्रकृयाद्वारा पहिलेको सेवा अवधि: जोडाउन र सेवा अवधि थप गरी सुविधा लिन पाईने छैन ।
(४) उपनियम (३) बमोजिम पहिले गरेको सेवा अवधि हालको सेवामा जोडाउने निजामती कर्मचारीले सेवा जोडाउनु पहिले
लिएको अध्ययन विदा, असाधारण विदा, औषधि उपचार खर्च र बिमा अभिलेखको विवरण निजामती किताबखानामा पेश गर्नु पर्नेछ ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि ‘सरकारी सेवा’ भन्नाले नेपाल सरकारको राज्यकोषबाट निवृत्तभरण पाउने निजामती
सेवा, संसद सेवा र स्वास्थ्य सेवालार्ई सम्झनु पर्छ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी सेवाको कुनै पदमा स्थायी नियुक्ति पाई कार्यरत
कर्मचारी खुल्ला प्रतियोगिताद्वारा निजामती सेवाको अर्को पदमा नियुक्तिका लागि सिफारिस भए पछि निजले साविकको पदबाट
राजीनामा दिएमा त्यसरी राजीनामा दिई छोडेको पदमा गरेको सेवा अवधि यस नियमको प्रयोजनको लागि जोडिने छैन ।