दफा १९
पुनरावेदन
(१) यस ऐन बमोजिम रजिष्ट्रारले गरेको कुनै निर्णय वा अरू कुनै काम कुराका सम्बन्धमा चित्त नबुझ्नेले त्यस्तो निर्णय वा काम कुरा गरे भएको मितिले ३५ दिनभित्र काउन्सिलमा पुनरावेदन गर्न सक्नेछ ।
(२) यो ऐन बमोजिम काउन्सिलले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले निर्णय भए गरेको मितिले पैंतीस दिनभित्र उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।