नियम ११६
पुरस्कारको व्यवस्था
(१) प्रत्येक वर्ष प्रत्येक जिल्लाबाट एक जना तथा प्रत्येक मन्त्रालय, सचिवालय, आयोग वा सो अन्तर्गतका
विभाग र कार्यालयबाट एक जना उत्कृष्ट कर्मचारी छनौट गरी नेपाल सरकारले तोके बमोजिमको रकम पुरस्कार स्वरुप दिइनेछ ।
(२) उपनियम (१) बमोजिमको कर्मचारी छनौट गर्न देहाय बमोजिमको समिति रहनेछ ;–
(क) मन्त्रालय, सचिवालय, आयोग अन्तर्गतको कर्मचारी छनौटको हकमा –
(१) सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सचिव – अध्यक्ष
(२) सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोग अन्तर्गतका विभागीय प्रमुखहरु – सदस्य
(ख) जिल्लास्तरका कर्मचारी छनौटको हकमा –
(१) जिल्ला न्यायाधीश – अध्यक्ष
(२) जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि – सदस्य
(३) जिल्ला विकास समितिको कार्यालयको प्रतिनिधि – सदस्य
(३) यस नियम बमोजिम कर्मचारी छनौट सम्बन्धी मापदण्ड र आधार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) उपनियम (२) को खण्ड (क) बमोजिमको समितिको सचिवालय सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा तथा खण्ड (
ख) बमोजिमको समितिको सचिवालय सम्बन्धित जिल्ला अदालतमा रहनेछ ।