नियम ११९क
पोशाक लगाउनु पर्ने
(१) प्रत्येक निजामती कर्मचारी कार्यालयमा उपस्थित हुंदा नेपाल सरकारले तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ ।
(२) निजामती कर्मचारीले नेपाल सरकारको प्रतिनिधित्व गरी औपचारिक कार्यक्रममा भाग लिंदा उपनियम (१) बमोजिमको
पोशाक लगाउनु पर्नेछ ।
(३) उपनियम (१) को प्रयोजनको लागि नेपाल सरकारले तोके बमोजिमको पोशाक भत्ता प्रत्येक वर्षको चैत्र महिनाको तलबस“गै
भुक्तानी गरिनेछ ।