दफा ३१
बन्दी स्थानान्तरण गर्न सकिने
(१) कुनै बन्दीलाई प्रदेश सरकारले तोकिए बमोजिमको अवस्थामा सम्बन्धित प्रदेशभित्र रहेको प्रदेश सरकारले व्यवस्थापन र सञ्चालन गरेको कुनै एक कारागारबाट अर्को कारागारमा स्थानान्तरण: गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम कुनै बन्दीलाई एक कारागारबाट अर्को कारगारमा स्थानान्तरण गर्दा सोको जानकारी विभागलाई दिनु पर्नेछ।

(३) उपदफा (१) र्‌ (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले एक प्रदेश कारागारबाट अर्को प्रदेश कारागारमा वा प्रदेश कारागारबाट सङ्घीय कारागारमा वा सङ्घीय कारागारबाट प्रदेश कारागारमा बन्दी स्थानान्तरण गर्न सक्नेछ ।

तर खुला कारागार वा विशेष कारागारमा रहेका बन्दीलाई सोही प्रकृतिको कारागारमा मात्र स्थानान्तरण गर्न सकिनेछ ।

(४) उपदफा (१) वा (३) बमोजिम बन्दी स्थानान्तरण गर्दा सम्बन्धित कारागार कार्यालयसँग समन्वय गर्नु पर्नेछ। (५) यस दफा बमोजिम बन्दी स्थानान्तरण गर्दा पर्याप्त सुरक्षा व्यवस्था र अन्य आवश्यक उपाय अपनाई सुरक्षित र उपयुक्त यातायातको साधन मार्फत गर्नु पर्नेछ।

(६) यस दफा बमोजिम बन्दीको स्थानान्तरण गरेको जानकारी कारागार प्रशासकले त्यस्तो बन्दीको अभिलेख किताबमा रहेको सम्पर्क व्यक्ति वा परिवारको अन्य सदस्यलाई गराउनु पर्नेछ र बन्दीको कानून व्यवसायीले जानकारी मागेमा निजलाई समेत जानकारी दिनु पर्नेछ।

(७) बन्दी स्थानान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।