दफा ४०
बिशेष कारागारमा बन्दी व्यवस्थापन
(१) प्रचलित कानून बमोजिम जीवित रहेसम्म कैद सजाय तोकिएका कैदीलाई विशेष कारागारमा राखिनेछ।
(२) प्रचलित कानून बमोजिम जन्म कैदको सजाय तोकिएका कैदीलाई कसूरको प्रकृति, कसूरको गाम्भीर्यता वा सुरक्षा संवेदनशीलताको आधारमा विशेष कारागारमा राख्न सकिनेछ।
(३) प्रचलित कानून बमोजिमको जघन्य कसूरको आरोपमा पूर्पक्षको लागि अदालतको आदेश बमोजिम विशेष निगरानी वा सुरक्षाका साथ थुनामा राख्नु पर्ने थुनुवालाई विशेष कारागारमा राख्न सकिनेछ। यसरी पुर्पक्षको लागि थुनामा राखिएका थुनुवालाई अन्य कैदी रहने कक्षभन्दा छुट्टै कक्षमा राख्नु पर्नेछ।
(४) विशेष कारागारको व्यवस्था नभएसम्मको लागि उपदफा (१) बमोजिमका बन्दीलाई सङ्घीय कारागारमा राखिनेछ।