नियम ६२क
बेतलवी विदा
१) ऐनको दफा ७१क. बमोजिमको बेतलवी विदा माग गर्ने कर्मचारीले आफ्नो पति वा पत्नी विदेश स्थित नेपाली
राजदूतावास वा कुनै नियोगमा खटिई गएको प्रमाण सहित निवेदन दिनु पर्नेछ ।
(२) निजामती कर्मचारीले उपनियम (१) बमोजिमको विदा एकै पटक वा पटक पटक गरी बढीमा पांच वर्षसम्म पाउनेछ ।
(३) यस नियम बमोजिमको विदा नेपाल सरकारबाट स्वीकृत हुन सक्नेछ ।