दफा २४ग
भौगोलिक क्षेत्रको विभाजन
(१) निजामती कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको अंक प्रदान गर्दा देशको विभिन्न भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग” र “घ” चार वर्गमा विभाजन गरी देहायबमोजिमको पदमा तीमध्ये एक वा एकभन्दा बढी वर्गमा काम गरेको अनुभवबापत सोह्र अंकमा नबढ्ने गरी देहायबमोजिम अंक दिइनेछः–
(क) राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.०० का दरले ।
(ख) राजपत्र अनंकित प्रथम श्रेणीको पदमा,–

(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक १.५० का दरले ।
(ग) राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा,–

(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक १.२५ का दरले ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कुनै कर्मचारीले भौगोलिक क्षेत्रबापत प्राप्त गरिसकेको अंक घट्ने छैन ।
(३) उपदफा (१) को प्रयोजनको लागि विभिन्न भौगोलिक क्षेत्रहरूको विवरण तोकिएबमोजिम हुनेछ ।
(४) कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा दुई सय तेत्तीस दिन रुजु हाजिर नभई सो भौगोलिक क्षेत्रको अंक पाइने छैन । दुई सय तेत्तीस दिनभन्दा बढी अवधिको लागि दामासाहीको दरले सोही भौगोलिक क्षेत्रको र सोभन्दा कम अवधिको लागि जुनसुकै भौगोलिक क्षेत्रमा काम गरेको भए पनि “घ” वर्गसरहको अंक दिइनेछ । भौगोलिक क्षेत्रमा काम गरेबापत पाउने अंक जुन श्रेणीमा बढुवा हुने हो सो श्रेणीभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना
गरिनेछ ।
(५) विदेशस्थित नेपाली कूटनैतिक नियोग वा अन्य कुनै कार्यालयमा काम गर्ने कर्मचारीलाई “घ” वर्गसरहको र अध्ययन बिदा तथा वैदेशिक तालिममा काजमा जाने निजामती कर्मचारीलाई “घ” वर्गको लागि तोकिएको अंकको आधा अंक दिइनेछ ।