नियम ८२
रजिस्ट्रारले तारिख तोक्न लगाउने
(१) मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीश वा. इजलासको आदेशको अधीनमा रही रजिस्ट्रारले अदालतबाट हुनुपर्ने काम कारबाहीको लागि मनासिब तारिख तोक्न लगाई आदेशपत्रमा मुद्दाका पक्षहरू वा निजहरूको वारिसको सही गराउनु पर्छ।

-(१क) अदालतले पेसी वा तारिख तोक्दा यथासम्भव मुद्दाका पक्षहरुको सुविधालाई विचार गर्नु पर्नेछ।

तर निजहरुको इच्छा अनुसारको दिन पेसी वा तारिख तोक्न अदालत बाध्य हुने छैन।

“(१ख) मुद्दाको अङ्ग पुगेपछि अदालतको कार्यबोझ र मुद्दाको कार्यतालिका समेतलाई विचार गरी मुद्दा पेसीमा चढाउनु पर्नेछ। _: (१ग) मुद्दाको कुनै पक्षले पेसीको तारिख लिन मञ्जुर नगरेमा वा तारिख नलिई गएमा सोही व्यहोरा तारिख भर्पाईमा जनाई फाँटवाला र सम्बन्धित अधिकृतले प्रमाणित गर्नु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचना प्रविधि सञ्जालमा आबद्व मातहत अदालतबाट पनि मुद्दाका पक्षले तारिख लिन चाहेमा सम्बन्धित अदालतबाट तारिख दिन सकिनेछ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ८ को उपदफा (१) बमोजिमको निवेदनपत्रको पहिलो सुनुवाइको लागि बन्दीप्रत्यक्षीकरणको हकमा त्यस्तो निवेदनपत्र दर्ता भएकै दिन वा भोलिपल्ट र अन्य निवेदनहरूका हकमा भोलिपल्ट सुनुवाइको लागि पेस गर्ने गरी तारिख तोक्न लगाउनुपर्छ।