दफा २०
राशन तथा पोशाक सम्बन्धी व्यवस्था
(१) कारागार प्रशासकले बन्दीको लागि दैनिक राशनको व्यवस्था गर्नु पर्नेछ।

(२) कारागार प्रशासकले दीर्घ रोगी, मानसिक रोगी वा कडा रोग लागेका, गर्भवती तथा सुत्केरी बन्दीको लागि उपदफा (१) बमोजिमको राशनको अतिरिक्त थप: पौष्टिक आहारको व्यवस्था गर्नु पर्नेछ।

(३) कारागार प्रशासकले बन्दीलाई मौसम अनुसारको पोशाकको व्यवस्था गर्नु पर्नेछ।