दफा ९
रिक्त स्थानको पूर्ति
नेपाल सरकारद्वारा नियुक्त अध्यक्ष वा सञ्चालकको पद रिक्त हुन आएमा सो पदमा नेपाल सरकारले र शेयरवालाहरूद्वारा नियुक्त सञ्चालकको पद रिक्त हुन आएमा सो पदमा शेयरवालाहरूले नियुक्ति गर्ने छन् र त्यसरी नियुक्त भएको व्यक्ति आफ्नो साविकवालाको बाँकी अवधिसम्मको लागि बहाल रहनेछ ।