दफा
विभागको काम, कर्तव्य र अधिकार
प्रचलित कानून तथा यस ऐनमा अन्यत्र:उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त विभागको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) कारागार व्यवस्थापनसँग सम्बन्धित आवश्यक नीति तर्जुमा गरी मन्त्रालय समक्ष पेश गर्ने, (ख) बन्दीको सेवा सुविधा लगायतका विषयमा आवश्यक मापदण्ड निर्धारण गर्ने,

(ग) कारागारलाई सुधार गृहका रुपमा/विकास गरी बन्दीलाई मनोसामाजिक परामर्श सहित उत्पादनको कार्यमा लगाउन आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने,

(घ) बन्दीको स्थानान्तरणको लागि आधार तथा मापदण्ड निर्धारण गर्ने,

(ङ) कारागारलाई लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री बनाउन आवश्यक संरचनात्मक तथा व्यवस्थापकीय कार्य गर्ने,

(च) प्रचलित कानून बमोजिम कैद कट्टा सम्बन्धी कार्य गर्ने,

(छ) कारागारको अनुगमन, निरीक्षण र सुपरीवेक्षण गर्ने।