दफा
विभूषण सुशोभन समारोह
: (१) राष्ट्रपतिले विभूषण पाउने व्यक्तिलाई सो विभूषण, त्यसको प्रतीक समूह र अधिपत्र विभूषण सुशोभन समारोहका दिन प्रदान गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम राष्ट्र प्रमुख वा सरकार प्रमुख वा विदेशी राष्ट्रका विशिष्ट व्यक्तिहरुलाई यस ऐन बमोजिम विभूषण प्रदान गर्न
जुनसुकै समयमा पनि मन्त्रिपरिषद्ले विभूषण सुशोभनको व्यवस्था मिलाउन सक्नेछ ।
(३) सुशोभन समारोहका दिन विभूषण पाउने व्यक्ति कुनै कारणले उपस्थित हुन नसकेमा निजले विभूषणको प्रतीक समूह र अधिपत्र गृह मन्त्रालयबाट प्राप्त गर्नेछ ।
(४) कुनै व्यक्तिलाई कुनै विभूषण मरणोपरान्त प्रदान गरिएमा वा विभूषण पाउने व्यक्तिको सुशोभन समारोह हुनुअगावै मृत्यु भएमा निजले पाउने प्रतीक समूह, मानपदवी र अधिपत्र समेत निजको पत्नी वा पतिलाई वा त्यस्तो पत्नी वा पति नभए निजको ज्येष्ठ सन्तान वा कुनै सन्तान नभए निजको नजिकको हकवालालाई प्रदान गरिनेछ ।
(५) विभूषण प्राप्त गर्ने व्यक्तिले सुशोभन समारोह हुनुअघि त्यसको प्रतीक समूह लगाउनु हुँदैन ।