नियम ३०
श्रेणीविहीन तथा राजपत्रअनङ्कित पांचौ श्रेणीको पद
(१) अनुभवको आधारमा सीप विकास हुने एकै प्रकारको कार्य प्रकृति भएका
अनुसूची–८ बमोजिमका पदहरु श्रेणीविहीन पद मानिने छन् ।
(२) उपनियम (१) बमोजिमका श्रेणीविहीन पदमा कार्यरत निजामती कर्मचारीहरु ऐनको दफा ४ को उपदफा (२) बमोजिम
श्रेणीमा आवद्ध हुन चाहेमा राजपत्र अनङ्कित पांचौ श्रेणीमा कायम गरिनेछ ।
(३) उपनियम (२) बमोजिम राजपत्र अनङ्कित पांचौ श्रेणीमा कायम हुने निजामती कर्मचारीहरुले साविकमा खाई पाई आएको
तलव घट्ने छैन ।
(४) राजपत्र अनङ्कित पा“चौ श्रेणीमा कायम भएका र सो श्रेणी तथा श्रेणीविहीन पद सहित ऐनको दफा २०क. बमोजिमको सेवा
अवधि पुगेका निजामती कर्मचारी अनिवार्य अवकाश हुंदा निजलाई सो दफा बमोजिम राजपत्र अनङ्कित तृतीय श्रेणीेको पदमा बढुवा गरी अवकाश दिइनेछ ।
(५) ऐनको दफा ७ को उपदफा (६) बमोजिमको आन्तरिक प्रतियोगितात्मक परीक्षामा राजपत्र अनङ्कित पांचौ श्रेणीमा कायम
भएका निजामती कर्मचारीहरु समेत सहभागि हुन सक्नेछन् ।