दफा
सञ्चालक समितिको गठन र सञ्चालकको पदावधि
(१) संस्थानको सात जनासम्म सदस्य भएको एउटा सञ्चालक समिति हुनेछ र सो समितिमा बहुमत रहने गरी अध्यक्ष लगायत सञ्चालकहरूको नियुक्ति नेपाल सरकारले गर्नेछ र बाँकी सञ्चालकहरू साधारण सभामा शेयरवालाहरूद्वारा नियुक्त हुनेछन् । (२) अध्यक्ष लगायत सञ्चालकहरूको नियुक्ति तीन बर्षको लागि हुनेछ र कार्यावधि सकिए पछि पुन नियुक्त हुन सक्ने छन् । (३) उपदफा (२) मा जेसुकै लेखिएको भए तापनि शेयरवालाहरूद्वारा पहिलो पटक नियुक्त भएका सञ्चालकहरू मध्ये एक सञ्चालकले प्रत्येक वर्ष गोला प्रथाद्वारा अवकाश पाउनेछ । (४) सञ्चालकहरूले समितिको बैठकमा उपस्थित भएको प्रत्येक दिनको निमित्त नेपाल सरकारले तोकिदिए बमोेजिम पारिश्रमिक पाउने छन् ।