दफा ७
समितिको बैठक र निर्णय
(१) समितिको बैठक वर्षमा कम्तीमा दुई पटक बस्नेछ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ र बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ।
(३) समितिको बैठक बस्नुभन्दा /समान्यतया अठ्चालीस घण्टा अगावै कार्यकारी निर्देशकले बैठकको कार्यसूची सहितको विवरण सदस्यलाई उपलव्ध गराउनु पर्नेछ।
(४) समितिको कूल सदस्यः सङ्ख्याको एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(६) समितिले आवश्यकता अनुसार कुनै निकायको पदाधिकारी वा सम्बन्धित विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(७) समितिको बैठकको निर्णय कार्यकारी निर्देशकले बैठकको अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गराई सोको अभिलेख सुरक्षित राख्नु पर्नेछ।
(८) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।