दफा ५०
सरकारवादी हुने
(१) दफा ४९ बमोजिम कारबाही र किनारा हुने मुद्दा नेपाल सरकार वादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ। (२) दफा ४९ बमोजिमका मुद्दाको अनुसन्धान तथा कारबाही गर्दा कारागार प्रशासक वा कारागार कार्यालयको कुनै कर्मचारीको प्रतिवेदनको आधारमा गर्नु पर्नेछ।