नियम ३०
सरुवा गर्ने अधिकार
सरुवाको आदेश दिने अधिकार अधिकृत तहको कर्मचारीको हकमा
मन्त्रालय र सहायक तहका कर्मचारीको हकमा अख्तियारवालालाई हुनेछ ।
तर सहायक तहका देहायका कर्मचारीलाई देहायका अधिकारीले सरुवाको आदेश
दिन सक्नेछ ः-
(क) मन्त्रालयबाट विभाग र विभागबाट मन्त्रालयमा मन्त्रालयको सचिवले,
(ख) मन्त्रालय अन्तर्गतको एक विभागबाट अर्को विभागमा मन्त्रालयको
सचिवले,
(ग) एक क्षेत्रीयस्तरको कार्यालयबाट अर्को क्षेत्रीय स्तरको कार्यालयमा
विभागको महानिर्देशक वा निर्देशकले,
(घ) एक जिल्लास्तरको कार्यालयबाट अर्को जिल्ला स्तरको कार्यालयमा
सम्बन्धित क्षेत्रीय निर्देशकले,
(ङ) एकै जिल्ला अन्तर्गतको एक कार्यालयबाट सोही जिल्ला अन्तर्गतको अर्को
कार्यालयमा सम्बन्धित जिल्लाको सम्बन्धित कार्यालयको प्रमुखले ।