नियम ३१घ
सरुवा संशोधन तथा मिलान
(१) ऐन र यस नियमावलीको विपरीत सरुवा हुन गई
कुनै कर्मचारीलाई मर्का परेमा निजले सोको आधार र कारण समेत खुलाई सरुवा गर्ने
अधिकारीभन्दा एक तह माथिको सरुवा गर्ने अधिकारी समक्ष सरुवा भएको मितिले
एक्काइस दिनभित्र निबेदन दिन सक्नेछ । यसरी परेको निबेदन उपर छानबिन गर्दा
निजको माग जायज देखिएमा सम्बन्धित अधिकारीले कारण र आधार समेत उल्लेख गरी
त्यस्तो सरुवा बदर गरी मिलान गनए सक्नेछ ।
(२) कर्मचारीको सरुवा गरेपछि सम्बन्धित निकायले माथिल्लो निकायमा तुरुन्त
जानकारी दिनु पर्नेछ ।
(३) मन्त्रालयले मातहतका विभाग, क्षेत्रीय निर्देशनालय तथा कार्यालयबाट भएका
सरुवाको काम कारबाहीका सम्बन्धमा समय समयमा अनुगमन गर्नु पर्नेछ ।