नियम ३४
सरुवा सम्बन्धी कार्यविधि
कर्मचारीलाई सरुवा गर्दा देहायको कार्यविधि अपनाउनु
पर्नेछः–
(क) सरुवा गर्न अख्तियार पाएको अधिकारीले आफू मातहतको कर्मचारीको
सरुवाको लागि अनुसूची–१३ बमोजिमको विवरण अद्यावधिक गरी राख्नु
पर्नेछ ।
(ख) कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने अधिकारीले सरुवा
गर्नु परेको कारण लिखित रूपमा खुलाई राख्नु पर्नेछ ।
(ग) कुनै स्थानबाट कर्मचारी सरुवा गर्दा सो स्थानमा अर्को कर्मचारी पूर्ति
हुने व्यवस्था गरेर मात्र सरुवा गर्नु पर्नेछ ।
(घ) ऐन तथा यस नियमावलीको अधीनमा रही सरुवा सम्बन्धी कार्यविधि
तथा मापदण्ड मन्त्रालय आफैले बनाई लागू गर्नेछ ।