नियम ७
सूचक संस्था वा अन्य निकायको दायित्व
(१) ऐन वा यस नियमावली बमोजिम कुनै व्यक्ति, समूह वा संगठनको नाम, ठेगाना तथा सोसँग सम्बन्धित अन्य विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक हुनासाथ सूचक संस्था वा सम्बन्धित अन्य निकायले त्यस्तो व्यक्ति, समूह वा संगठन वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोवारको तथ्याड्ढाधार (डेटावेस) मा भए नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नु पर्नेछ ।
(२) सूचक संस्था वा सम्बन्धित अन्य निकायले उपनियम (१) बमोजिम तथ्याड्ढाधार (डेटावेस) मा खोज गर्दा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सो सँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा ऐनको दफा २९छ. बमोजिम तत्काल रोक्का राख्नु पर्नेछ ।
(३) सूचक संस्था वा सम्बन्धित अन्य निकायले ऐन तथा यस नियमावली बमोजिम गर्नु पर्ने आफ्ना काम कारवाहीलाई प्रभावकारी कार्यान्वयन गर्न यस सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार लिन सक्नेछ ।