(१) कुनै व्यक्तिले सार्वजनिकनिकायबाट प्राप्त गरेको सूचना जुन प्रयोजनको लागि प्राप्त गरेको हो सो प्रयोजनको लागि प्रयोग नगरी दुरुपयोग गरेमा सम्बन्धित सार्वजनिक निकायले त्यसरी सूचना दुरुपयोग गरेको
जानकारी भएको मितिले पैंतीस दिनभित्र आयोग समक्ष उजुरी गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको उजुरी जाँचबुझ गर्दा सूचना प्राप्त गर्ने व्यक्तिले सूचना दुरुपयोग गरेको देखिएमा आयोगले त्यस्तो व्यक्तिलाई ऐन बमोजिम सजाय गर्नेछ ।
(३) उपनियम (२) बमोजिम सजाय गर्नु अघि आयोगले आवश्यक ठानेमा सूचना दुरुपयोगको आरोप लागेको व्यक्तिलाई आयोग समक्ष झिकाई बयान गराउन सक्नेछ ।
२४क. सूचना अधिकारी तोक्ने :- सार्वजनिक निकायले ऐनको दफा ६ बमोजिम सूचना अधिकारी
तोक्दा सार्वजनिक निकायमा कार्यरत प्रशासकीय प्रमुखले आफूभन्दा दोश्रो वा तेश्रो मुनीको
अधिकारीलाई तोक्नु पर्नेछ ।
२४ख. सम्बन्धित विशेषज्ञ तोक्नु पर्ने :- ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ग) बमोजिम
समितिमा विशेषज्ञ सदस्य तोक्दा विषयवस्तुसँग सम्बन्धित विज्ञलाई तोक्नु पर्नेछ ।
२४ग. सूचना वर्गीकरण गर्दा आधार र कारण खुलाउनु पर्ने :- (१) समितिले ऐनको दफा २७
बमोजिम कुनै सूचना गोप्य राख्नु पर्ने गरी वर्गीकरण गर्दा त्यसको कारण र आधार खुलाउनु
पर्नेछ ।
(२) समितिले ऐनको दफा २७ बमोजिम सूचनाको वर्गीकरण गरे पछि त्यसकोजानकारी आयोगलाई दिनु पर्नेछ ।
२४घ. आचार संहिता बनाई लागू गर्न सक्ने :- आयोगमा कार्यरत कर्मचारीहरुको पदीय आचार
संहिता बनाई आयोगले लागू गर्न सक्नेछ ।