नियम ४
सूचीमा नाम समावेश गर्न सूचना दिने
(१) कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारवाहीको सिलसिलामा कुनै व्यक्ति, समूह वा संगठनको नाम ऐनको परिच्छेद–
६ख. बमोजिम सूचीमा समावेश हुनु पर्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सो को जानकारी गोप्य रुपमा मन्त्रालयलाई यथाशीघ्र दिनु पर्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम प्राप्त गरेको जानकारी वा आफ्नै स्रोत वा अन्य कुनै सूचनाको आधारमा कुनै व्यक्ति, समूह वा संगठनको नाम ऐनक परिच्छेद–६ख. बमोजिमको सूचीमा समावेश गर्नु पर्ने आधार देखेमा सो को कारण सहित निर्णयको लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश भएको प्रस्तावमा उल्लिखित कुनै व्यक्ति, समूह वा संगठनलाई ऐनको परिच्छेद–६ख. बमोजिमको सूचीमा सूचीकृत गरी सम्पत्ति वा कोष रोक्का राख्ने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएमा मन्त्रालयले देहाय बमोजिम गर्नु पर्नेछः–
(क) संयुक्त राष्ट्र संघ अन्तर्गतको सूचीमा पर्ने निर्णय भएकोमा परराष्ट्र मन्त्रालय मार्फत संयुक्त राष्ट्र संघको सम्बन्धित निकायमा लेखी
पठाउने,
(ख) कुनै विदेशी मुलुकको यस सम्बन्धी सूचीमा सूचीकृत गर्न अनुरोध गर्ने गरी निर्णय भएकोमा परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित मुलुकलाई लेखी पठाउने,
(ग) नेपालको आफ्नो सूचीमा सूचीकृत गर्ने निर्णय भएकोमा वेबसाइटमा प्रकाशन गर्ने ।