नियम १३०
सेवाबाट बर्खास्त हुनेहरुको अभिलेख राख्ने
(१) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका
निजामती कर्मचारीको सम्बन्धमा बर्खास्त गरिएको आदेश दिने अधिकारीले त्यस्ता कर्मचारीको तीन पुस्ते खुलेको हुलिया समेतको
सूचना लोक सेवा आयोग, प्रहरी प्रधान कार्यालय र निजामती किताबखानालाई दिनु पर्नेछ । त्यस्तो सूचना प्रहरी प्रधान कार्यालयले
प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सेवाबाट बर्खास्त गरिएको व्यक्ति निजामती सेवा वा पदमा पुन नियुक्त भएमा निजले त्यसरी पुन
नियुक्त भई पाएको तलब निजबाट फिर्र्ता गराई निजलाई तुरुन्त सेवाबाट बरखास्त गरिनेछ ।