नियम
हवाईपत्र
(क) हवाईपत्र राम्रोसँग दोब्र्याई टा“सी बन्द गरिने कागज हो, जुन दोब्र्याउँदा हुलाकपत्रको आकारको भन्दा बढी हुनु हुँदैन । हवाईपत्र दोब्र्याउँदा अगाडिको भागको देब्रे पट्टि “नेपाल” र “हवाईपत्र” भन्ने लेखिएको हुनु पर्छ र “हवाईपत्र” भन्ने अक्षर मुनी धर्सो तानी कच गरेको हुुनु पर्छ,
(ख) दायाँपट्टि टिकट टाँसिएको हुनु पर्छ र त्यस मुनि ठेगानावालाको नाम र पूरा ठेगाना लेखिएको हुनु पर्छ र हवाई पत्रको पछाडि पट्टि प्रेषकको नाम र ठेगाना लेख्न सकिनेछ,
(ग) हवाईपत्र भित्र कुनै चीज खाम्न हुँदैन । खामेमा सतह डाँकबाट जानेछ । टिकट बाहेक अन्य चीज टाँस्न पनि हुँदैन ।
(घ) विभागले प्रचलनमा ल्याएको हवाईपत्र जस्तै तयार गरी निजी व्यवसायीहरूले हवाईपत्रको उपयोग गर्न सक्नेछन्,
(ङ) निजी व्यवसायीहरूले प्रचलनमा ल्याएको हवाईपत्रको रङ “नीलो” हुनु पर्दछ,
(च) हवाईपत्रको लागि लाग्ने महसुल टिकटद्वारा अग्रिम भुक्तानी हुनु पर्नेछ,
(छ) उपर्युक्त बमोजिम नभएको हवाइपत्रलाई चिठ्ठीको मान्यता दिई आन्तरिक हुलाक वस्तु भएमा नपुग महसुलको दोब्बर रकम डेलिभरी गर्दा असूल गरिनेछ ।