नियम ५६
परिचयपत्र

(१) हुलाक वस्तुहरूको डेलिभरी उचित प्रवन्धको लागि हुलाकद्वारा नेपाल सरकारले तोकिदिए बमोजिम दस्तुर लिई परिचयपत्र जारी गर्न सकिनेछ । यस्तो परिचयपत्रको उपयोग सर्वसाधारणले गर्न सक्ने छन् ।
(२) परिचय पत्र जारी गर्न सक्ने हुलाकको नाम, परिचयपत्र विषयमा पालन गर्नुपर्ने शर्त बन्देज तथा तरीका महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।