नियम ७४
- बिज्ञ वा विशेषज्ञको राय लिन सकिने
(१) मुद्दाको कुनै विषय स्पष्ट पार्न विज्ञ वा विशेषज्ञको राय लिनु पर्ने देखिएमा दुवै पक्षसँग छलफल गरी सहमति भएमा सोहीअनुसार र सहमति नभएमा अदालतले उपयुक्त ठानेका विज्ञ वा विशेषज्ञको सेवा लिन सकिनेछ।

शु । (२) विज्ञ वा विशेषज्ञको सेवा लिइएकोमा निजको सेवा शुल्क दाबीकर्ताबाट दाखिल गराउनु पर्नेछ। मुद्दा फैसला भएपछि दाबीकर्ताले जितेमा निजले सो रकम अर्को पक्षबाट भराई पाउनेछ।

(३) अदालतलाई वादी वा प्रतिवादीका साक्षीका अतिरिक्त मुद्दासँग सम्बन्धित अन्य व्यक्ति वा प्रमाण बुझ्नु पर्ने भन्ने लागेमा त्यस्ता व्यक्ति वा प्रमाण वुझ्न सक्नेछ।