नियम १०
अवधि

 

१०.१. देहायका प्याराचुट फोल्डर महिलाहरूलाई देहाय बमोजिमको अवधि लाग्नेछः–
१०.१.१.चीफ फोल्डर महिला –५ वर्षको एक अवधि ।
१०.१.२.सहायक चीफ फोल्डर महिला –५ वर्षको एक अवधि ।
१०.२. उप–नियम १०.१.१. बमोजिम चीफ फोल्डर महिलाको अवधि गणना गर्दा प्राविधिक उप–सेनानी दर्जामा रही काम गरेको अवधि वा प्राविधिक उप–सेनानी र प्राविधिक सह–सेनानी दुवै दर्जामा रही काम गरेको अवधि गणना गरिनेछ ।

१०.३.  उप–नियम १०.१.१. र १०.१.२. बमोजिमको सेवा अवधि पूरा गरी सकेको चीफ फोल्डर महिला र सहायक चीफ फोल्डर महिलालाई निजको कार्यक्षमता  लगनशीलतालाई दृष्टिगत गरी पुन तीन वर्षको दोस्रो अवधि र दुई वर्षको तेस्रो अवधि थप गर्न सकिनेछ ।

१०.४. चीफ फोल्डर महिला तथा सहायक चीफ फोल्डर महिलाको उमेरको हदमा पदावधिको हद जुन अघि हुन आउछ सोही अवधिमा निजलाई अवकाश दिइनेछ ।