२.१. विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
२.१.१. “प्याराचुट फोल्डिङ पति” भन्नाले प्याराचुट प्याक गर्ने, मर्मत गर्ने र प्याराचुट तथा तत्सम्बन्धी सामानहरुको सम्भार गर्ने पति सम्झनुपर्छ ।
२.१.२. “प्याराचुट फोल्डर महिला” भन्नाले प्याराचुट फोल्डिङपतिमा रहेको फोल्डर महिला, रजिष्टर क्लर्क, सहायक चीफ फोल्डर महिला र चीफ फोल्डर महिला सम्झनुपर्छ ।
२.१.३. “फोल्डर महिला” भन्नाले अमल्दार, प्राविधिक अमल्दार र प्राविधिक हुद्दाको दर्जा प्राप्त प्याराचुट फोल्डर महिला सम्झनुपर्छ ।
२.१.४. “रजिष्टर क्लर्क” भन्नाले प्राविधिक जमदार दर्जा प्राप्त प्याराचुट फोल्डर महिला सम्झनुपर्छ ।
२.१.५. “सहायक चीफ फोल्डर महिला” भन्नाले प्राविधिक सुवेदार दर्जा प्राप्त प्याराचुट फोल्डर महिला सम्झनुपर्छ ।
२.१.६. “चीफ फोल्डर महिला” भन्नाले प्राविधिक उपसेनानी वा प्राविधिक सह– सेनानी दर्जा प्राप्त प्याराचुट फोल्डर महिला सम्झनुपर्छ ।