दफा
उद्देश्यहरू

७. उद्देश्यहरू

पर्यटन नीतिका उद्देश्यहरू देहाय बमोजिम हुनेछन् ः–

(क) पर्यटन क्षेत्रको विविधीकरण र विस्तारद्वारा सर्वसाधारण नागरिकमा स्वरोजगारको सिर्जना गरी पर्या–पर्यटन र ग्रामीण पर्यटनलाई गरिबी निबारणसँग आवद्ध गरी उनीहरूको जीवनस्तरमा सुधार गर्न पर्यटन उद्योगको प्रबद्र्धन गरी यसलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा विकास गर्ने,
(ख) देशका मूर्त–अमूर्त प्राकृतिक, सांस्कृतिक, जैविक तथा मानव निर्मित सम्पदाहरूको खोज, संरक्षण, सम्बद्र्धन एवं विकास गरी नेपाललाई पर्यटकीय दृष्टिले आकर्षक र प्रमुख गन्तव्य स्थलको रूपमा विकास गर्ने,
(ग) सुलभ, सुरक्षित, भरपर्दो र नियमित हवाई तथा स्थल यातायातको माध्यमद्वारा पर्यटन क्षेत्रको विकास, विस्तार र प्रबद्र्धन गर्ने,
(घ) पर्यटकीय पूर्वाधारको विकास र निर्माणको क्रममा प्राकृतिक स्रोत र साधनको उपयोग गर्दा वातावरण संरक्षण गर्दै त्यस्ता स्रोत र साधनको दिगो रूपमा उपयोग गर्ने ।