११. जोखिम
पर्यटन क्षेत्रको योगदान राष्ट्रिय विकासमा महत्वपूर्ण भएको, यस क्षेत्रका संभावनामा बृद्धि भैरहेको तथा पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको रूपमा विकास गर्ने नीति रहेको परिप्रेक्ष्यमा निम्न विषयमा ध्यान दिन नसकेमा जोखिमको स्थिति सृजना हुन सक्दछ ।
(क) अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको संजालमा बृद्धि ।
(ख) शान्ति सुरक्षाको प्रत्याभूति ।
(ग) वातावरण तथा प्रदूषण व्यवस्थापनमा सुधार ।
(घ) श्रमिक तथा व्यवस्थापनबीचको सम्बन्धमा सुधार ।
(ङ) बन्द, हडताल जस्ता क्रियाकलापका माध्यमबाट सार्वजनिक सेवामा वाधा नपु¥याउने प्रतिवद्धता ।
(च) नियमित र भरपर्दो विद्युत आपूर्ति व्यवस्था ।
(छ) राष्ट्रिय ध्वजावाहक विमान सेवामा सुरक्षित, भरपर्दो र नियमितता ।
(ज) व्यवसायीहरूबीच स्वस्थ प्रतिस्पर्धा ।
(झ) समय समयमा विश्वमा घट्ने घटना तथा आर्थिक उतार चढाव ।