९. कार्यनीतिहरू
पर्यटन नीति कार्यान्वयन गर्न देहाय बमोजिमका कार्यनीतिहरू अवलम्बन गरिनेछ ः–
(क) प्रबद्र्धनात्मक (नीति ८क. सँग सम्बन्धित)
(१) नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउन र सो क्रमलाई निरन्तरता दिन विविध प्रकारका आकर्षक कार्यक्रमको अतिरिक्त खास वर्ष वा
अवधिलाई नेपाल भ्रमण वर्ष वा पर्यटन वर्षको रूपमा प्रस्तुत गरिनेछ ।
(२) नेपालको पर्यटनलाई सबै मौसम अनुकूल ९ब्िि क्भबकयलक० बनाउन बेमौसममा नेपाल आउन चाहने पर्यटक र पर्यटक ओसार पसार गर्ने वायुसेवालाई विशेष सुविधा दिईनेछ ।
(३) पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय बजार अध्ययन गरी पर्यटकको स्तर अनुसार विभिन्न समूहमा विभाजन गरी लक्षित समूह अनुकूल नेपाल प्रवेशदेखि बाहिरिंदासम्मको पूर्ण प्याकेज कार्यक्रम तयार गर्न र प्रस्तुत गर्न पर्यटन व्यवसायीलाई प्रोत्साहन दिईने छ ।
(४) पर्यटन व्यवसायी (विशेषतः ट्राभल र ट्रेकिङ एजेन्सी तथा होटलहरू) बीच स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यमा अभिबृद्धी गर्न समन्वयकारी
भूमिका निर्वाह गरिनेछ ।
(५) लक्षित पर्यटकीय स्रोत वा उद्गम मुलुकहरूसँग हवाई सेवा सम्झौता गर्दा एक आपसमा पर्यटन प्रबद्र्धनमा सहयोग हुने प्रावधान समावेश बृद्धि गरिनेछ ।
(६) पारस्परिक लाभमा आधारित पर्यटन गतिविधिहरू बृद्धि गर्न खास गरेर हवाई सम्पर्क भएका र पर्यटक उद्गम हुने देशहरूसँग द्विपक्षीय पर्यटन सम्झौताहरू गरिनेछ ।
(७) पर्यटन व्यवसायी र विमान सेवा सञ्चालकहरू बीच सहकार्य र समन्वय गर्न प्रोत्साहन दिइनेछ ।
(८) नेपाल आउने पर्यटकको परम्परागत बजारका अतिरिक्त छिमेकी मित्रराष्ट्रहरू, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९क्ब्ब्च्ऋ० तथा मुलुकहरू तथा छोटो दूरीको यात्रा एवं हवाई तथा स्थल यातायातले जोडिएका स्थानका पर्यटकलाई आकर्षित गर्न विभिन्न प्रबद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
(९) विश्व पर्यटन बजारमा नेपालको छबि स्थापित गर्न नेपाललाई समष्टिगत एवं पर्यटकीय सम्पदा र पर्यटकीयस्थल अनुरूप उचित
तवरले “ब्रान्डिङ्ग” गर्दै लगिनेछ ।
(१०) पर्यटन र सोसँग सम्बन्धित पूर्वाधारहरूको विकास, विस्तार र सुधारका लागि तथा अन्य गरीबमूखी ग्रामीण तथा पर्या–पर्यटनसित सम्बन्धित कार्यक्रमहरूका लागि द्विपक्षीय तथा बहुपक्षीय बैदेशिक सहायता गरिनेछ । यस प्रकृयाद्वारा जनचेतना, मानव संसाधन विकास तथा तालीमजस्ता कार्यक्रमका लागि स्थानीय निकाय, गैर सरकारी संघ
प्रोत्साहन गरिनेछ ।
(११) पर्यटन उद्योगको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न द्विपक्षीय एवं सहायता परिचालन गरिनेछ ।
(१२) विश्व पर्यटन संगठन, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, एशियाली विकास बैंक, विश्व बैंक जस्ता बहुपक्षीय विकास साझेदारहरूलाई पर्य टन पूर्बाधार विकासका साथै स्थानीय जनताको जीवनस्तर सुधार हुनेक्षेत्रमा लगानी बढाउन अभिप्रेरित गरिनेछ ।
(१३) नेपालका विभिन्न हिमाल आरोहण गरी ख्याति कमाएका बिदेशी ब्यक्तिहरू, नेपालको बारेमा सकारात्मक सोंचाई राख्ने अन्तर्राष्ट्रिय
ख्यातिप्राप्त ब्यक्तिहरू, नेपाललाई माया गर्ने अन्य क्षेत्रका बिदेशी प्रतिष्ठित महानुभावहरूलाई नेपालका साथी ९ँचष्भलमक या ल्भउब०ि
का रूपमा मान्यता प्रदान गरी मौखिक प्रबद्र्धन बाट प्रचारप्रसारमा उनीहरूको सहयोग लिइनेछ । नेपालका साथीलाई पर्यटन प्रबद्र्धनको सिलसिलामा नेपाल आउँदा भिसा शुल्कमा सहुलियत दिने व्यवस्था मिलाइनेछ । ख्यातिप्राप्त नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबद्र्धन गर्ने कार्यमा सहभागी गराइनेछ ।
(१४) नेपाल भ्रमणमा आउने पर्यटक संख्या बृद्धिमा ठोस योगदान पु¥याउने स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थालाई राष्ट्रियस्तरको आकर्षक सम्मान वा सहुलियतयुक्त प्याकेजको व्यवस्था गरिनेछ ।
(१५) बिदेशी मुलुकमा बसोबास गरेका गैरआवासीय नेपाली र उनीहरूको सँस्थालाइ नेपालको पर्यटन प्रबद्र्धन र प्रचारप्रसारमा उपयोग गरिनेछ । बढी पर्यटक नेपाल पठाउने, पर्यटन प्रबद्र्धन गर्ने र पर्यटनका क्षेत्रमा लगानी बढाउन योगदान पु¥याउने सँस्था तथा गैरआवासीय नेपालीलाई प्रोत्साहन स्वरूप पुरस्कृत र सम्मान गरिनेछ ।
(१६) नेपाल आउने पर्यटकहरूलाई सरल ढंगले भिषा प्रदान गर्ने व्यवस्था मिलाइनेछ । राष्ट्रका नागरिकहरूका सम्बन्धमा सदस्य राष्ट्रहरू बीचको पारस्परिकताका आधारमा भिसा सम्बन्धी विशेष व्यवस्था गरिनेछ ।
(१७) नेपाल प्रवेश गर्ने पर्यटकहरूका लागि नेपालको प्रवेश विन्दुमानै भिसा प्रदान गर्ने व्यवस्थालाई प्रभावकारी बनाईनेछ ।
(१८) अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश र प्रस्थानको प्रक्रियालाई सरल र व्यवस्थित गरिनेछ ।
(१९) नेपालभित्र पर्यटन उद्योगमा एकैपटक निश्चित रकम लगानी गर्ने बिदेशी लगानीकर्ता र आश्रित परिवारलाई लगानी कायम रहेसम्म सम्मान स्वरूप आवासीय भिसा दिने व्यवस्था मिलाइनेछ ।
(२०) पर्यटकीय उद्गम मुलुकका ज्येष्ठ नागरिक तथा परिवारलाई निश्चित विदेशी मुद्रा बैंकमार्फत् ल्याउने गरी नेपालमा नै लामो अवधि बस्न आवासीय भिसा दिन सक्ने व्यवस्था मिलाइनेछ ।
(२१) पर्यटन बजारको विद्यमान अवस्था, प्रगति र भविष्यको संभाव्यता समेतको अध्ययन अनुसन्धान गरी पर्य टन प्रबद्र्धन गर्न नेपाल पर्यटन बोर्डलाई दिशा निर्देश गरिनेछ ।
(२२) पर्यटन गतिविधिहरू बारे जनचेतना जगाउन विभिन्न स्थानमा महोत्सव, मेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरू जनस्तरमा सन्चालन गरिनेछ । स्थानीय निकाय एवं स्थानीयस्तरको अग्रसरता र आयोजनामा हुने यस्ता कार्यक्रमहरूमा प्राबिधिक सहयोग गर्ने र नियमितरूपमा क्यालेण्डरमा समावेश गरी अन्य प्रबद्र्धन कार्यमा सहयोग पु¥याउने नीति लिइने छ ।
(२३) राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पर्यटन सम्बन्धी जनचेतना अभिबृद्धि र सामाजिक परिचालनका लागि प्रोत्साहन गरिनेछ ।
(ख) ग्रामीण पर्यटन (नीति ८ख. सँग सम्बन्धित) ः
ग्रामिण पर्यटन उद्योग प्रबद्र्धनका लागि देहाय बमोजिमका कार्यनीतिहरू अवलम्बन गरिनेछः–
(१) ग्रामीण पर्यटनलाई गरीबी निबारणसँग आवद्ध गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ ।
(२) उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटन तर्फ आकर्षित गराउन पर्यटन व्यवसायीलाई प्रोत्साहन दिइनेछ ।
(३) राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु तर्फ आकर्षित पर्यटकलाई पर्या –पर्यटन, ग्रामीण पर्यटनसँग आवद्ध गराउनका लागि आवश्यक प्याकेज बनाउन पर्यटन व्यवसायीलाई प्रोत्साहन दिइनेछ ।
(४) ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गरिनेछ ।
(५) स्थानीय उत्पादनलाई पर्यटन प्रबद्र्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायसम्म पु¥याउने नीति लिइनेछ ।
(६) ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाती र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्य टन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गरिनेछ ।
(७) महिलाको नेतृत्वमा वा महिला समूहद्वारा संचालन गरिने पर्यटकीय क्रियाकलापहरूमा विशेष प्रोत्साहन सहित प्रबद्र्धन गरिनेछ ।
(८) स्थापित पर्यटकीय सम्पदाका साथै ग्रामीण क्षेत्रमा विकास गरिएका नयाँ पर्यटकीय सम्पदालाई समेत उच्च प्राथमिकता दिई प्रचार प्रसार गरिनेछ ।
(९) ग्रामीण क्षेत्रका पर्यटक स्थलबाट भएको आम्दानीको निश्चित हिस्सा स्थानीय स्तरमा पर्यटन पूर्वाधार, वातावरण संरक्षण लगायत सामाजिक क्षेत्रमा खर्च गरिने छ ।
(१०) स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक र परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको विक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध मिलाइनेछ ।
(११) विभिन्न क्षेत्रमा भएका पर्यटकीय सम्पदाहरूको छुट्टा छुट्टै विशिष्ट पहिचान बनाई “एक स्थान एक पहिचानको” नीति अवलम्बन गरिनेछ ।
(१२) नेपालका पर्यटकीय सम्भाव्य गाउँहरूलाई स्थानीय जनसहभागिता समेतका आधारमा ग्रामीण पर्यटनस्थलका रूपमा विकास गरिनेछ ।
(१३) नेपालका पर्यटकीय गाउँको छनौट तथा विकास गरी पर्यटकहरूकालागि खास अवधिको ज्यmभ क्तबथ ख्ष्ििबनभ त्यगचष्कm कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
(१४) पर्यटकीय दृष्टिले महत्वपूर्ण पर्यटक स्थलको खोजी, पूर्वाधारको निर्माण, विकास र सञ्चालन गर्न विविध क्रियाकलाप र गतिविधि अपनाइने छ ।
(१५) स्थानीय स्तरमा मौलिक आकर्षण भएका सम्भाव्य गाउँहरूमध्ये प्रत्येक वर्ष कम्तीमा एक गाउँलाई पर्यटन गाउँका रूपमा विकास र प्रबद्र्धन गरिनेछ ।
(१६) पर्यटनलाई गाउँ गाउँसम्म बिस्तार गरी स्थानीय बिपन्न परिवार, पिछडिएका बर्ग, महिला तथा बेरोजगार एवं अर्धबेरोजगारहरूलाई प्रत्यक्ष फाइदा पुग्ने क्रियाकलापहरू संचालन गरिनेछ ।
(१७) स्थानीयस्तरका कार्यगत समूह र सामुदायिक संस्थाहरू मार्फत सामाजिक परिचालन गर्नुका अतिरिक्त पूर्वाधार निर्माणका लागि
स्थानीय निकाय एवं नेपाल सरकारबाट वित्तीय स्रोत परिचालन गरिनेछ ।
(१८) पर्यटनको महत्व र त्यसबाट प्राप्त हुने लाभका विषयमा आम जनमानसमा चेतना जगाउन श्रव्यदृष्य लगायत अन्य उपयुक्त माध्यमबाट जनचेतनामूलक कार्यक्रम सन्चालन गरिनेछ ।
(१९) समुदायमा आधारित पर्यटन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय निकाय, निजी स्रोत र गैर सरकारी क्षेत्रलाई प्रोत्साहन गरी
पर्यटकीय क्रियाकलापलाई ग्रामीण गरिबी निवारणसँग आवद्ध गरिनेछ ।
(२०) समुदायमा स्थापित आदिवासी जनजातिको परम्परागत ज्ञान मा आधारित सम्पदाहरूको संरक्षण गरी पर्यटन विकास एवं प्रबद्र्धनमा आवद्ध गराईनेछ ।
(ग) आन्तरिक पर्यटन (नीति ८ग. सँग सम्बन्धित)
(१) आन्तरिक पर्यटनको विकास र विस्तारमा जोड दिइनेछ ।
(२) मुलुकको एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने नेपाली नागरिकलाई पनि आन्तरिक पर्यटकको रूपमा मान्यता दिइनेछ ।
(३) हिमाल, पहाड र तराईका विभिन्न पर्यटकीय स्थलहरूमा नेपाली पर्यटकहरूलाई भ्रमण गर्न प्रोत्साहन गरिनेछ ।
(४) आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजहरूको विकास गरी कर्मचारीहरूलाई यात्रा उत्पे्ररणा
विदा , शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणको व्यवस्थाको लागि प्रोत्साहन गरिनेछ ।
(५) सबै क्षेत्रमा काम गर्ने जनशक्तिलाई आन्तरिक पर्यटनतर्फ आकर्षित गर्न निश्चित सहुलियतयुक्त बिदासहितको स्थानीय भ्रमण प्रोत्साहन कार्यक्रम ९ीयअब लागू गरिनेछ ।
(घ) पर्यटन विविधिकरण, विस्तार र विकास (नीतिको ८घ.र ८ङ सँग सम्बन्धित) पर्यटन व्यवसायलाई देहाय बमोजिमका गतिविधि हरूको आधारमा विविधिकरण, विस्तार र विकास गरिनेछः–
(१) व्यावसायिक पर्यटन
(क) सभासम्मेलन, व्यापार–मेला, सांस्कृतिक महोत्सव र रचनात्मकएवं प्रबद्र्धनात्मक पर्यटक गतिविधिको माध्यमबाट नेपालमा
व्यवासायिक क्रियाकलाप आयोजना गर्न प्रोत्साहन गरिनेछ ।
(ख) अन्तर्राष्ट्रिय संघ संगठनका विभिन्न तहका कार्यालयको स्थापना, त्यस्ता संघ सँगठनको बैठक, भेला, सभासम्मेलन नेपालमा गर्न
प्रोत्साहन गरिनेछ ।
(२) पर्वतारोहण
(क) पर्वतारोहणलाई बढी व्यवस्थित र वातावरणमैत्री तुल्याई नेपाललाई पर्वतारोहणका क्षेत्रमा एउटा उत्कृष्ट गन्तव्यस्थलको रूपमा
विकास गरिनेछ ।
(ख) पर्वतारोहणका दृष्टिले पहुँच नपुगेका सम्भाव्य क्षेत्रमा पर्वतारोहण शुल्क केही समयका लागि मिनाहा दिईनेछ।
(ग) नेपालका हिमचुलीहरू आरोहणका लागि क्रमशः खुला गर्दै लगिनेछ ।
(घ) निश्चित उचाइभन्दा मुनिका र प्राविधिक दृष्टिकोणले आरोहणका लागि सरल मानिएका हिम चुलीहरूलाई पदयात्रा
चुली ९त्चभपपष्लन एभबपक० का रूपमा प्रबद्र्धन गरिनेछ ।
(३) पदयात्रा पर्यटन
(क) नेपालको पदयात्रा पर्यटनलाई विश्वको एउटा उत्कृष्ट पर्यटकीय सम्पदाको रूपमा बढी सुरक्षित, भरपर्दो र आकर्षक बनाईनेछ ।
(ख) पदयात्रा सम्बन्धी नीतिगत तथा अन्य व्यवस्थापकीय कार्य पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्षेत्रभित्र
समावेश गरिनेछ ।
(ग) पदयात्रा पर्यटनमा उच्च आय वर्गका पर्यटकको आकर्षणमा बृद्धि गराउन हाल संचालनमा रहेका क्षेत्रलाई अझ बढी व्यवस्थित
गरिनेछ ।
(घ) पदयात्राकालागि नयाँ रुटहरूको खोजी र विकास गरिनेछ र यसकालागि सरकारी लगानीमा प्राथमिकता दिइनेछ ।
(ङ) पदयात्रा पर्यटनलाई बढी सुरक्षित, भरपर्दो र आकर्षक बनाउन आवास व्यवस्था, सुरक्षा लगायतका क्षेत्रमा भएका विद्यमान प्रयासलाई स्थानीय समुदायको सहभागितामा अझ बढी प्रभावकारी बनाइनेछ ।
(च) पर्यटकीय पूर्वाधार र आवास जस्ता सेवा सुविधाहरू उपलब्ध नभएका वा अपुग भएका प्राकृतिक तथा वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका स्थलहरूलाई निर्देशित पदयात्रा क्षेत्रका
रूपमा कायमै राख्ने नीति लिइने छ । यसका लागि निश्चित संख्यामा समूहयात्रा गर्ने पर्यटकहरूलाई पदयात्रा अनुमतिको आधारमा ट्रेकिङ्ग एजेन्सी मार्फत मात्र यात्रा गर्न दिने व्यवस्था मिलाइनेछ ।
(छ) निर्देशित पदयात्रा क्षेत्र बाहेक बाँकी पदयात्रा क्षेत्रहरूलाई साधारण पदयात्रा क्षेत्रको रूपमा तोकी त्यस्ता क्षेत्रहरूमा
व्यक्तिगत वा सामुहिक रूपमा पदयात्रा गर्न पाउने व्यवस्था गरिनेछ ।
(ज) पदयात्रा पर्यटनमा संलग्न कामदारलाई पर्यटकस्थलमा न्यूनतम आधारभूत सेवा र सुविधा उपलब्ध गराउने तर्फ समन्वय गरिनेछ ।
(४) जलयात्रा
(क) जलयात्रालाई बढी व्यवस्थित, व्यावसायिक र वातावरण मैत्री तुल्याई नेपाललाई एउटा आकर्षक जलयात्रा गन्तब्यको क्षेत्रका
रूपमा विकास र विस्तार गरिनेछ ।
(ख) जलयात्राका लागि सम्भाब्य नदी तथा नदीखण्डहरूलाई क्रमशः खुला गर्दै लैजाने नीति लिइनेछ ।
(ग) इजाजतप्राप्त जलयात्रा व्यवसायी मार्फत तोकिएका नदीमा मात्र जलयात्रा गतिविधि सञ्चालन गर्न पाउने गरी कानुनी ब्यबस्था
मिलाइनेछ ।
(घ) जलयात्रा क्रियाकलापलाई सुरक्षित र भरपर्दो बनाउनुकासाथै निजी क्षेत्रसँग समन्वय गरी आपतकालीन उद्धार र सुरक्षाको लागि उपयुक्त संयन्त्र बनाइनेछ ।
(५) साहसिक पर्यटन
जल, स्थल र वायुमा आधारित मनोरञ्जनपूर्ण क्यान्योनिङ, ¥याफ्टिङ, बन्जीजम्पिङ्ग, प्याराग्लाइडिङ, स्किइङ्, साहसिक पर्यटन क्रियाकलापहरू देशका विभिन्न क्षेत्रमा सन्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । साहसिक क्रियाकलापमा सुरक्षित र
सम्भव देखिएका नदी, पहाड तथा हिमशिखरहरूको उपयोग गरिनेछ । साहसिक क्रियाकलापमा संलग्न हुनेहरूको वीमा लगायत भौतिक तथा वित्तीय सुरक्षाका उपायहरूको अवलम्बन सम्बन्धित व्यवसायीले गर्नुपर्ने व्यवस्था गरिनेछ ।
(६) सांस्कृतिक पर्यटन
विभिन्न जातजातिहरूका मौलिक संस्कृतिलाई समेटी सांस्कृतिक पर्यटनलाई जोड दिने क्रियाकलापहरूको सञ्चालनमा स्थानीय निकाय र
जनसमुदायलाई प्रोत्साहन गरिनेछ ।
(७) धार्मिक पर्यटन
(क) नेपालका धार्मिक पर्यटकीय गन्तव्यलाई आध्यात्मिक एवं तीर्थाटनको केन्द्रको रूपमा विकास गरी त्यसमा नियमन
गरिनेछ ।
(ख) भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्म, दर्शन एवं अन्तर्राष्ट्रिय शान्ति र आध्यात्मिक शान्ति केन्द्रको
रूपमा विकास गरी बिश्वव्यापी प्रबद्र्धन गरिनेछ । बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी आसपासका क्षेत्रहरू (तिलौराकोट, रामग्राम, देवदह, कोटीहवा, निग्लिहवा, सगरहवा, अरौराकोट, कुदान, सिसानिया) लाई बौद्ध उपपरिपथ का रूपमा एकीकृत विकास एवं
प्रबद्र्धन गरिनेछ ।
(ग) प्रमुख धार्मिक क्षेत्रहरूको प्रबद्र्धन गर्नुका साथै विभिन्न धर्मावलम्बीहरूका धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरूको पहिचान गरी धार्मिक पर्यटनको विकास एवं विस्तार गरिनेछ ।
(८) खेलकूद पर्यटन पर्यटन प्रबद्र्धनको लागि उच्च आय बर्गका पर्य टकहरूलाई आकर्षित गर्न गल्फ, हात्ती पोलो, क्रिकेट, फुटबल, आदिको समन्वयात्मक ढंगले प्रबद्र्धन तथा आयोजना गरिनेछ ।
(९) क्यासिनो
उच्च आय बर्गका पर्यटकहरूलाई आकर्षित गर्न क्यासिनोलाई मर्यादित रूपमा सञ्चालन गराईनेछ ।
(१०) चलचित्र पर्यटन
नेपालमा चलचित्र छायाँकनका लागि आउने बिदेशी चलचित्र निर्माताहरूलाई एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराई चलचित्र
पर्यटनलाई प्रोत्साहन गरिनेछ ।
(११) शैक्षिक पर्यटन
गुणस्तरीय शैक्षिक प्रतिष्ठानलाई बजारीकरण गरी बिदेशी विद्यार्थीलाई तालीम तथा अध्ययनको अवसर प्रदान गरी विविध क्षेत्रमा तालिम तथा अध्ययन भ्रमणमा प्रोत्साहन दिईनेछ ।
(१२) स्वास्थ्य पर्यटन
(क) होमियोप्याथी, आध्यात्मिक साधना, ध्यान, योगसाधना एवं प्राकृतिक उपचार केन्द्रको रूपमा नेपाललाई विकास र प्रबद्र्धन गर्दै आयुर्वेद जस्ता परम्परागत उपचार पद्धतिको प्रचार प्रसारका साथै निजी क्षेत्रको सहभागितामा पर्यटक आवास गृहको विकास
गर्ने विषयमा आवश्यक अध्ययन गरी सोका आधारमा प र्वाधारको विकास गरी स्वास्थ्य केन्द्रसँगै जोडिएका अन्य सम्बन्धित केन्द्रहरूको विकास कार्यक्रम अगाडि बढाइनेछ ।
(ख) स्वास्थ्य सेवाको क्षेत्रमा विकास भएका कम लागतको उपचारको उपयोगको वारेमा विशेष रूपमा प्रचार प्रसार गरिनेछ ।धधध।
(ग) स्वास्थ्योपचार पश्चात आराम प्राप्तिका लागि नेपालका अनुपम प्राकृतिक स्थलमा बसाईको महत्व वारे विशेष रूपमा प्रचार
प्रसार गरी यस सम्बन्धी पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराइनेछ ।
१३) कृषि पर्यटनः
(क) पर्यटकीय क्षेत्र तथा पर्यटकीय मार्गमा स्थानीय कृषिक्षेत्रबाट उत्पादित कृषिजन्य उपजको प्रयोग बढाउनकालागि कृषि
मन्त्रालयसँग समन्वय गरी त्यस्ता ठाउँहरूमा कृषिजन्य उत्पादन बढाउने कार्यक्रम ल्याईनेछ । यस्तै खास किसिमका वस्तु
उत्पादन हुने क्षेत्रमा ”एक गाउँ एक उत्पादन” सञ्चालन गरिनेछ ।
(ख) देशका विभिन्न भागमा बनेका ग्रामीण कृषि सडक मध्ये सम्भाव्य सडकलाई विशेषतः साईकल चढने यात्रुकोलागि प्रयोग हुन सक्ने गरी पर्यटन मार्गको रूपमा विकास गरिनेछ ।
(ङ) हवाई सेवाको विकास (नीति ८च. सँग सम्बन्धित) (१) पर्यटन क्षेत्रको पूर्वाधार विकासमा अहं भूमिका खेल्ने हवाई सेवालाई
व्यापक र सरल बनाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूको विकास र संचालन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच बढाइनेछ ।
(२) नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पु¥याउने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा विस्तार गरी निगमको
सेवालाई बढी भरपर्दो, नियमित र प्रभावकारी बनाइनेछ ।
(३) नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पु¥याउने मित्रराष्ट्रसँग हवाई सेवा सम्झौताको विस्तार र विकास गरिनेछ ।
(४) राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक तथा निजी अवधारणा अनुसार सञ्चालन गरिनेछ ।
(च) सरकारी र निजीक्षेत्रको भूमिका (नीति ८छ. सँग सम्बन्धित) (१) पर्यटन प्रबद्र्धनको क्षेत्रमा सरकारले सहजकर्ता, नियमनकर्ता,
समन्वयकर्ता र उत्प्रेरकको भूमिका खेल्नेछ । सरकारको भूमिकालाई
मूलतः पर्यटकीय पूर्वाधार, जनशक्ति विकास, सुरक्षा, उद्धार, अध्ययन– अनुसन्धान, बैदेशिक समन्वय जस्ता कार्यमा बढी केन्द्रित गरिनेछ ।
(२) पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यक्रमहरू निजी क्षेत्रको सहभागितामा नेपाल पर्यटन बोर्ड तथा अन्य निकाय मार्फत सञ्चालन गरिनेछ ।
(३) पर्यटनसँग सम्बन्धित नाफामूलक व्यवसायहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रबाटै हुने गरी व्यवसायिक वातावण सिर्जना गर्दै
लगिनेछ ।
(छ) मानव संसाधन विकास (नीति ८ज. सँग सम्बन्धित)
(१) पर्यटन सेवामा गुणस्तर अभिबृद्धि गर्न सरकारी र निजी क्षेत्रमा स्थापित अध्ययन संस्थान वा तालिम केन्द्रबाट सन्चालन हुने पर्यटन सम्बद्ध अध्ययन तथा तालिम कार्यक्रमलाई समय सापेक्ष रूपमा गुणस्तरीय र प्रभावकारी बनाइनेछ ।
(२) स्वदेशी जनशक्तिलाई पर्यटन उद्योग व्यवसायमा बढी मात्रामा संलग्न गराउन प्राथमिकता दिने नीति लिइनेछ ।
(३) पर्यटन क्षेत्रसँग सम्बन्धित मानव संशाधनको विकासमा जोड दिइनुका साथै यस क्षेत्रमा निजी क्षेत्रको संलग्नतालाई बढावा दिइनेछ ।
(४) पर्यटन क्षेत्रको जनशक्ति उत्पादन गर्ने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९ल्ब्त्ज्ः० लाई छाता संगठनको रूपमा विकास
गरी निजी क्षेत्रको संलग्नतामा प्रभावकारी जनशक्ति उत्पादन गर्ने नमूना केन्द्र ९ऋभलतभच या भ्हअभििभलअभ० को रूपमा विकास गरी यस संस्थालाई छुट्टै ऐनद्वारा व्यवस्थित तथा आत्मनिर्भर बनाई पर्यटन सम्बन्धी जनशक्ति विकास कार्यक्रमको समन्वय, अनुगमन एवं नियमन गर्ने निकायको रूपमा विकास गरिनेछ ।
(५) पर्यटन सम्बन्धी उच्च तहको शैक्षिक उपाधिसहितको शिक्षाका साथै विभिन्न सीपमूलक अल्पकालीन र मध्यकालीन तालिमलाई माग अनुरूप विविधीकरण गरी मुलुकका दुर्गम एवं सम्भाव्य पर्यटकीय क्षेत्रहरूमा विस्तार गरिनेछ । यसरी कार्यक्रम सञ्चालन गर्दा महिला, आदिवासी जनजाति, दलित, मधेशी लगायतका पिछडिएका वर्गलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरू लागू गरिनेछ ।धधध।
(६) पर्यटन क्षेत्रको जनशक्ति विकास गर्न विद्यालय तह देखिनै पर्यटन विषयलाई पाठ्यक्रममा समावेश गर्न समन्वय गरिनेछ ।
(ज) पर्या–पर्यटन (वातावरण संरक्षण र दिगो उपयोग) (नीति ८झ. सँग सम्बन्धित)
(१) सांस्कृतिक र प्राकृतिक सम्पदाको दिगो उपयोग गरिनेछ,
(२) पर्यटकीय पूर्वाधार निर्माण एवं क्रियाकलाप संचालनमा वातावरण संरक्षण पक्षलाई प्राथमिकता दिइनेछ,
(३) पर्या–पर्यटनलाई प्राथमिकता दिईनेछ,
(४) जलयात्रा सञ्चालनमा जलप्रदूषण लगायतका अन्य प्रदूषण सीमा निर्धारण गरी त्यसको अधीनमा सञ्चालन र नियमन गरिनेछ ।
(५) संरक्षित र आरक्षित क्षेत्रहरू एवं राष्ट्रिय निकुञ्जहरूमा पर्यटकहरूलाई आकर्षित गर्ने र तिनीहरूको व्यवस्थापन, संरक्षण, सञ्चालन र
नियमनमा स्थानीय जनसहभागिताको बृद्धि गरिनेछ ।
(६) वातावरण मैत्री पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहित÷पुरस्कृत गरिनेछ ।
(७) देशमा विद्यमान जैविक विविधता एवं वन्यजन्तु अवलोकनलाई पर्यटकीय उपजको रूपमा विकास, विस्तार र प्रबद्र्धन गरिनेछ ।
(८) राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु तर्फ आकर्षित उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटन तर्फ समेत आकर्षित गरिने उपायको
अवलम्बन गरिनेछ,
(९) पदयात्रा मार्ग, आधार शिविर तथा हिमाललाई सफा र प्रदूषणमुक्त बनाउन सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट भएका प्रयासलाई
प्रभावकारी र नियमित बनाइनेछ ।
(१०) पर्यटकीय क्रियाकलापमा प्रयोग हुने हिमशिखरहरू, पदयात्रा क्षेत्रहरू तथा मार्गहरू र जलयात्रामा प्रयोग हुने नदीहरूको वातावरणीय
स्वच्छता कायमै राखी दिगो व्यवस्थापन गर्न त्यस्ता क्षेत्रकालागि छुट्टै फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिनेछ ।
(११) महत्वपूर्ण भौतिक तथा जीवन्त सम्पदा र पुरातात्विक स्थलहरूको संरक्षण एवं विकास गरी पर्यटकीय प्रयोजनका लागि उपयोग गरिनेछ ।
(१२) स्थानीय स्तरका पर्यटकीय स्थलहरूका साथै अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं सम्बद्र्धन कार्यमा स्थानीय निकायहरू, महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र स्थानीय प्रोत्साहन गरिनेछ ।
(१३) पर्यटन क्षेत्रलाई सघाउने धार्मिक, सांस्कृतिक एवं लोक परम्परा र स्थलहरूको पहिचान, संरक्षण र विकासमा स्थानीय निकाय र
जनसहभागितामा जोड दिइने छ ।
(१४) स्थानीय निकायहरूसँगको संयोजनमा सम्पदा विकास व्यवस्थापन र प्रबद्र्धनका कार्यहरू गरिने छ । यसका लागि जिल्ला विकास समितिको अगुवाइमा जिल्लास्तरीय सम्पदा समन्वय समितिको व्यवस्था गर्न पहल
गरिनेछ ।
(१५) सम्पदाको उपयोगवापत उठेको रोयल्टी÷शुल्कमध्येबाट निश्चित प्रतिशत रकम सम्पदा संरक्षणमा खर्च गर्ने व्यवस्था मिलाइनेछ ।
(झ) सूचना प्रविधि तथा तथ्याङ्कको उपयोग (नीति ८ञ. सँग सम्बन्धित) (१) विद्यमान पर्यटकीय स्थलहरूको बजारीकरण एवं नयाँ स्थानहरूको पहिचान गरी त्यसतर्फ पर्यटक आकर्षण गर्न पर्यटकीय क्षेत्रको नक्साङ्कन तथा आधुनिक सूचना प्रविधिको उपयोग गरी प्रचार प्रसार गरिनेछ ।
(२) नेपाल आउन चाहने विदेशी पर्यटकहरूका लागि हवाई टिकट, होटल, ट्राभल÷टूर सम्बन्धी व्यवस्था एवं तत्सम्बन्धी सूचना
मार्फत विदेशबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन संचार संजाल स्थापना गर्न प्राथमिकता दिइनेछ ।
(३) पर्यटन सम्बन्धी सूचनाहरू एकीकृत गरी म्ष्नष्तब िर अन्य तरिकाले उपलब्ध गराउन पर्यटन सूचना व्यवस्थापन प्रणाली अपनाइनेछ ।
(४) पर्यटकहरूको अभिलेख कम्प्युटराइज्ड गरी पर्यटकहरू सम्बन्धी सूचना एकीकृत गरिनेछ । यस प्रयोजनकोलागि परिचयात्मक कार्ड उपयोग गर्ने तर्फ आवश्यक प्रबन्ध मिलाईनेछ ।
(५) पर्यटन क्षेत्रमा देखा परेका नवीनतम अवधारणा एवं मान्यता सम्बन्धी सूचना निरन्तर रूपमा संकलन, विश्लेषण र प्रवाह गर्ने व्यवस्था
मिलाइनेछ ।
(६) पर्यटन सम्बन्धी बिद्यमान तथ्यांक संकलन तथा सूचना सम्प्रेषण व्यवस्थालाई सुदृढ तुल्याइनेछ ।
(७) स्थलमार्गबाट आउने भारतीय पर्यटकहरू तथा आन्तरिक पर्यटकहरूको तथ्यांक संकलन गर्ने व्यवस्था गरिनेछ ।
(८) पर्यटन सम्बन्धी तथ्यांकलाई भरपर्दो र अद्यावधिक गराई विश्लेषण गर्ने प्रकृयाको माध्यमबाट पर्यटकीय सूचना प्रणालीको विकास गरी त्यस्तो सूचनालाई निर्णय निर्माणको आधार बनाईनेछ ।
(९) पर्यटनले कुल गार्हस्थ उत्पादनमा पु¥याएको योगदानको यकिन गर्ने पद्धतिको विकासका लागि स्याटलाईट लेखा प्रणाली को व्यवस्था गरिनेछ ।
(ञ) पर्यटकीय सुरक्षा र संकट व्यवस्थापन (नीति ८ट. सँग सम्बन्धित)
(१) शान्ति, सुरक्षा र सामरिक दृष्टिकोणले संवेदनशील मानिएका पर्यटकीय स्थलहरूको भ्रमणमा नियमन गरिनेछ।
(२) पर्यटकहरूको सुविधा तथा सुरक्षाका लागि पर्यटक प्रहरीको व्यवस्थालाई निरन्तरता दिई क्षमता, संख्या र सेवामा क्रमशः बृद्धि गर्दै प्रमुख
पर्यटकीय स्थलहरूमा बिस्तार गरिनेछ ।
(४) पर्यटन क्षेत्रमा उत्पन्न हुने संकटको व्यवस्थापन गर्न एउटा उच्च स्तरीय संकट व्यवस्थापन समितिको स्थापना गरिनेछ । यस समितिले निजी क्षेत्रमा स्थापना भएका संस्थाहरूसँग पनि समन्वय गरी कार्यसम्पादन गर्नेछ ।
(५) संकटमा परेका पर्यटकको खोज, उद्धार र संकट व्यवस्थापन गर्न अक्षय कोष स्थापना गरिनेछ र सो कोषमा नेपाल पर्यटन बोर्डले प्रत्येक वर्ष निश्चित रकम जम्मा गर्नेछ ।
(६) पर्यटकको नेपाल बसाईँको अवधि सुखमय बनाउन उनीहरूलाई विश्वव्यापी मान्यता प्राप्त आचार संहिताको प्रयोग र पालना गर्ने
गराउने व्यवस्था गरिनेछ ।
(ट) सहुलियत तथा सुविधाहरू (नीति ८ठ. सँग सम्बन्धित) पर्यटन उद्योगलाई आधारभूत उद्योगका रूपमा स्थापित गरी देहाय बमोजिमका सुविधा तथा सहुलियतहरू प्रदान गरिनेछः–
(१) वर्गीकृत होटल र रिजोर्टलाई औद्योगिक व्यवसाय सम्बन्धी कानुनमा व्यवस्था भए अनुरूपको उद्योगमा वर्गीकरण गरी तदनुकूलको सुविधा उपलब्ध गराइनेछ ।
(२) होटल र रिजोर्ट बाहेकका अन्य पर्य टन उद्योग तथा व्यवसायलाई पनि मूल्य अभिबृद्धि,रोजगारीको सिर्जना र सिर्जनात्मकताको आधारमा नेपाल सरकारद्वारा समय समयमा तोकिएको सुविधा तथा सहुलियतहरू प्रदान गरिनेछ ।
(३) पर्यटन उद्योगलाई आवश्यक पर्ने विजुली र पानी जस्ता वस्तुहरू प्राथमिकताका साथ उपलब्ध गराइने छ ।
(४) नेपाल सरकारद्वारा तोकिएका ग्रामीण क्षेत्रहरूमा खुलेका होटल, रेष्टुराँ तथा रिजोर्ट र अन्य पर्यटन व्यवसायहरूलाई आवश्यकता अनुसार तोकिएका सुविधा तथा सहुलियतहरू प्राथमिकताका साथ उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
(५) पर्यटन उद्योगको क्षेत्रमा उत्पन्न हुने विषम तथा असहज परिस्थितिमा पर्यटन उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्न विशेष सहुलियत सहितको राहत प्याकेज कार्यक्रम लागू गरिनेछ ।
(६) पर्यटकहरूबाट नेपाल सरकारलाई प्राप्त हुने विभिन्न शुल्क, दस्तूर, सलामी तथा अन्य प्रत्यक्ष राजश्वको निश्चित अंश सम्बन्धित जिल्लाको स्थानीय निकायलाई पर्यटकीय पूर्वाधार विकास, सुधार, वातावरण संरक्षण, र दिगो व्यवस्थापनका लागि दिने नीतिलाई निरन्तरता दिइनेछ ।
(ठ) उद्यमी तथा श्रमिक बीचको सुमधुर सम्बन्ध (नीति ८ड. सँग सम्बन्धित) पर्यटन उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको लागि जोखिमको मात्रा हेरी जीवन बीमा, दुर्घटना बीमा, स्वास्थ्योपचार, उद्धार तथा आकस्मिक राहत जस्ता विषयमा आवश्यक व्यवस्था मिलाइनेछ ।
(ड) कानुनी, प्रशासनिक, संस्थागत तथा व्यवस्थापकीय सुधार (नीति ८ढ. सँग सम्बन्धित) पर्यटनको विकास, विस्तार, प्रबद्र्धन र समन्वयकालागि पर्यटनसँग सम्बन्धित कानुनी, संस्थागत र प्रक्रियागत व्यवस्थालाई सुधार गरी पर्यटन उद्योगको विकासमा सहयोग पु¥याउन देहाय बमोजिमको संस्थागत कार्यनीति अवलम्बन गरिनेछ ः–
(१) पर्यटन सम्बन्धी नीतिगत मार्गदर्शन दिन, योजनाहरू तथा विकास कार्यको समीक्षा गर्न, पर्यटन क्षेत्रमा परिआउने बाधा अड्चन फुकाउन तथा सबै मन्त्रालयका कार्यक्रमहरू पर्यटन प्रवद्र्धोन्मुख बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा अनुसूची–१ बमोजिमको उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषद् गठन हुनेछ । परिषद्को बैठकमा अध्यक्षको अनुमतिबाट अन्य विज्ञ वा पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ ।
(२) पर्यटन विकास सम्बन्धी नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन अनुगमन, समन्वय तथा नियमनको कार्य पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । त्यसैगरी पर्यटन विकास तथा प्रबद्र्धन सम्बन्धी कार्य नेपाल पर्यटन बोर्डले गर्नेछ ।
(३) पर्यटन क्षेत्र तथा सम्पदा संरक्षण सम्बन्धमा अनुसन्धानका लागि को स्थापना गरिनेछ ।
(४) पर्यटनको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको कार्यलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्था गर्नुका साथै पर्यटन सम्बन्धी तथ्यांक एवं सूचनालाई भरपर्दो बनाइनेछ ।
(५) नेपाल पर्यटन बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पर्यटनको प्रबद्र्धन लगायत स्वदेशभित्र पर्यटकीय सम्पदाको विकास र स्तरोन्नति सम्बन्धी कार्य गर्ने छ । नेपाल पर्य टन बोर्डको क्षमता अभिबृद्धि गर्न यसको भूमिकालाई थप प्रभावकारी बनाउँदै यसको आम्दानी, खर्च र उपलब्धिलाई पारदर्शी बनाइनेछ ।
(६) पर्यटनसँग सम्बन्धित कानुनमा समसामयिक परिमार्जन गरी पर्यटन व्यवसायलाई सहज, भरपर्दो र गुणस्तरीय बनाई प्राप्त लाभको न्यायोचित वितरण हुने कानुनी व्यवस्था मिलाइनेछ ।
(७) पर्यटकहरूको आकर्षण बढी भएका तथा पूर्वाधार विकास र सेवा सुविधाको पर्याप्तता देखिएका पर्यटक केन्द्रित क्षेत्रहरूलाई क्षेत्रीय स्तरका पर्यटन केन्द्र को रूपमा विकास गरिनेछ । पर्यटन प्रबद्र्धन सम्बन्धमा त्यस्ता क्षेत्रका कार्यक्रमहरूलाई समन्वयात्मक ढङ्गले
सञ्चालन गरिनेछ ।
(८) पर्यटन नीति तथा कार्यक्रमहरूलाई समयानुकूल र वस्तुपरक दृष्टिकोणले निर्देशित गर्न बजारको प्रबृत्ति, उद्गम स्थल, अर्थतन्त्रमा दिएको योगदान जस्ता क्षेत्रमा निरन्तर अध्ययन तथा अनुसन्धान गर्ने व्यवस्था मिलाइने छ । पर्यटन सम्बन्धी शैक्षिक उपाधि लिने तथा यस सम्बन्धी अनुसन्धानलाई सघाउ पु¥याउने कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
(९) पर्यटनसँग सम्बन्धित विकास समिति तथा गैरसरकारी संस्थाहरूलाई समयानुकूल परिमार्जन गरी स्थानीय निकायसँग आबद्ध गरिनेछ ।
(ढ) समन्वय, अनुगमन तथा मूल्याङ्कन (नीति ८ण. सँग सम्बन्धित) (१) नीतिगत विषयमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय लगायत कार्यगत रूपमा विभिन्न मन्त्रालय, विभाग, कार्यालय एवं अन्य निकायसँग समन्वय गरी कार्य गरिनेछ ।
(२) पर्यटन प्रबद्र्धन सम्बन्धी कामकारवाईलाई प्रभावकारी रूपमा परिचालन गर्न प्रमुख पर्यटक उद्गम बजार रहेका देशहरूका नेपाली नियोगहरूमा आवश्यकता र प्राथमिकताका आधारमा पर्यटन एकाईको स्थापना
गरिनेछ ।
(३) पर्यटन उद्योगलाई आर्थिक विकासको मेरुदण्डको रूपमा विकास गर्न तथा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न निकायहरूबीच समन्वय र
सामन्जस्यता कायम राख्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा अनुसूची–२ बमोजिमको पर्यटन विकास समन्वय समिति
गठन गरिनेछ । अनुसूचीमा रहने सदस्यमा आवश्यकता अनुसार मन्त्रालयले थपघट गर्न सक्नेछ ।
(४) पर्यटन क्षेत्रको व्यावसायिकताको विकास गर्दा मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको संलग्नतामा
वातावरणीय आचार संहिता तयार गरी लागू गरिनेछ ।
(५) स्थानीय निकायको पर्यटकीय क्षमता अभिबृद्धिकालागि स्थानीय निकाय र केन्द्र बीच प्रभावकारी समन्वय संयन्त्रको विकास गरिनेछ ।
(६) प्रत्येक जिल्लामा पर्यटन प्रबद्र्धन र विकास सम्बन्धी कार्यलाई समन्वयात्मक रूपबाट संचालन गर्न जिल्ला विकास समितिका
सभापतिको अध्यक्षतामा स्थानीय पर्यटन व्यवसायी, उद्योग बाणिज्य क्षेत्रका प्रतिनिधि तथा स्थानीय जनसहभागिता समेत रहने गरी पर्यटन प्रबद्र्धन समिति रहनेछ ।
(७) पर्यटकीय सम्भाव्यता भएका जिल्ला विकास समितिमा पर्यटन विकास इकाइ खोली सो इकाई मार्फत जिल्लास्तरमा पर्यटन कार्यक्रम
कार्यान्वयन गर्न प्रोत्साहन गरिनेछ । जिल्लास्तरीय पर्यटन दीर्घकालीन योजना तयारीका लागि प्राबिधिक सहयोग नेपाल पर्यटन बोर्ड र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्नेछ ।
(८) नमूना पर्यटकीय गाउँ, सामुदायिक पर्यटन विकास, पर्यटकीय सम्भाब्यता अध्ययन, विभिन्न जिल्ला वा क्षेत्र विशेषको पर्यटकीय गुरुयोजना तर्जुमा आदि कार्यलाई प्राथमिकता दिइनेछ ।
(९) दुर्गम तथा लक्षित पर्यटकीय स्थलहरूमा सानातिना कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय निकाय, स्थानीय सामुदायिक संस्था, स्थानीय
उद्यमी समूह र गैरसरकारी संस्थाहरूलाई प्रोत्साहन गरिनेछ ।
(१०) नीतिको कार्यान्वयन सरकारी तथा गैरसरकारी दुबै क्षेत्रबाट हुने सन्दर्भमा नीतिको उद्देश्य प्राप्त भए नभएको तर्फ मन्त्रालय, राष्ट्रिय
योजना आयोग लगायत सम्बन्धित निकाय र अनुगमन इकाइबाट अनुगमन हुने व्यवस्था मिलाइनेछ ।
(११) पर्यटन व्यवसायीहरूमा व्यवसायिकताको विकास गर्न आ–आफ्ना व्यवसायिक संघहरूमार्फत आचार संहिता बनाई लागू गर्न प्रोत्साहन गरिनेछ ।
(१२) पर्यटकीय क्षेत्रमा पूर्वाधार विकाससंग सम्बन्धित क्रियाकलापहरू संचालन गर्दा छुट्टै ऐनद्वारा प्रकृया पु¥याउनु पर्ने विषयलाई यस नीतिले बाधा पारेको मानिने छैन ।
(१३) राष्ट्रिय योजना आयोगद्धारा निर्धारित पद्धति तथा राष्ट्रिय पर्यटन परिषदको निर्देशनका आधारमा मूल्याङ्कन गरिने छ ।
(१४) पर्यटनसंग सम्बद्ध सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने सेवाको स्तर, वस्तुको गुणस्तर लगायतका स्तर कायम भए नभएको अनुगमन गरिनेछ ।