नियम २३
उपदान
: (१) चिया बगानमा चार वर्ष वा सो भन्दा बढी सेवा गरेका कुनै स्थायी कामदार वा कर्मचारीले उमेरको हदबाट अवकाश वा राजिनामा स्वीकृत गराई अवकाश पाएमा वा अन्य कुनै किसिमबाट चियाबगान सेवा बाट अलग भएमा त्यस्तो कामदार वा कर्मचारीले देहायको दरले हुन आउने एकमुष्ट रकम उपदा पाउनेछ :
(क) पहिलो दश वर्षको सेवाको प्रत्येक वर्षको निमित्त सो वर्ष खाईपाई आएको १/३ महिनाको पारिश्रमिक ।
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्मको सेवाको प्रत्येक वर्षको निमित्त सो वर्ष खाईपाई आएको १/२ महिनाको पारिश्रमिक ।
(ग) पन्ध्र वर्ष भन्दा बढीको सेवाको प्रत्येक वर्षको निमित्त सो वर्ष खाईपाई आएको २/३ महिनाको पारिश्रमिक ।
(२) उपनियम (१) को खण्ड (क), (ख) र (ग) बमोजिम पाउने उपदानको रकम क्रमशः
सात हजार रुपैयाँ, पन्ध्र हजार रुपैयाँ र बीस हजार रुपैयाँ भन्दा बढी हुने छैन ।
(३) यो नियमावली प्रारम्भ हुनु भन्दा अघिको अवधिको निमित्त कारखाना र कारखानामा
काम गर्ने मजदूर सम्बन्धी नियमहरु २०१९ बमोजिम उपदान दिनु पर्ने चियाबगानका कामदार वा
कर्मचारीले पाउने उपदान रकम सोही नियमाबली बमोजिम हुनेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कामदार वा कर्मचारीलाई ऐनको दफा ५२ को उपदफा (४) वा दफा ५४ बमोजिम सेवाबाट हटाइएमा त्यस्तो कामदार वा कर्मचारीले यस नियम बमोजिम उपदान पाउने छैन ।