दफा २२
कुलपति
(१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।
(२) कुलपति विश्वविद्यालयको प्रमुख हुनेछ । निज उपस्थित रहेको अवस्थामा निजले विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षको आसन ग्रहण गर्नेछ ।
(३) कुलपतिले आवश्यकता अनुसार विश्वविद्यालय निरीक्षण गर्न र निर्देशन दिन सक्नेछ ।