दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “विश्वविद्यालय” भन्नाले दफा ३ बमोजिम स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय सम्झनु पर्छ ।
(ख) “सभा” भन्नाले दफा ७ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ ।
(ग) “प्राज्ञिक परिषद्” भन्नाले दफा १० बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।
(घ) “कार्यकारी परिषद्” भन्नाले दफा १२ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ ।
(ङ) “सेवा आयोग” भन्नाले दफा २१ बमोजिमको सेवा आयोग सम्झनु पर्छ ।
(च) “संकाय” भन्नाले दफा १४ बमोजिमको संकाय सम्झनु पर्छ ।
(छ) “अनुसन्धान केन्द्र” भन्नाले दफा १५ बमोजिमको अनुसन्धान केन्द्र सम्झनु पर्छ ।
(ज) “विद्यापरिषद्” भन्नाले दफा १६ बमोजिमको विद्यापरिषद् सम्झनु पर्छ ।
(झ) “क्याम्पस” भन्नाले विश्वविद्यालयको आङ्गिक क्याम्पस सम्झनु पर्छ र सो शब्दले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई समेत जनाउँछ ।
(ञ) “पाठ्यक्रम विकास केन्द्र” भन्नाले दफा १८ बमेजिमको पाठ्यक्रम विकास केन्द्र सम्झनु पर्छ ।
(ट) “कुलपति” भन्नाले दफा २२ बमोजिमको कुलपति सम्झनु पर्छ ।
(ठ) “सह–कुलपति” भन्नाले दफा २३ बमोजिमको सह–कुलपति सम्झनु पर्छ ।
(ड) “उप–कुलपति” भन्नाले दफा २४ बमोजिमको उप–कुलपति सम्झनु पर्छ ।
(ढ) “रजिष्ट्रार” भन्नाले दफा २५ बमोजिमको रजिष्ट्रार सम्झनु पर्छ ।
(ण) “डीन” भन्नाले संकायका प्रमुख सम्झनु पर्छ ।
(त) “निर्देशक” भन्नाले दफा २७ बमोजिमको निर्देशक सम्झनु पर्छ ।
(थ) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने वा अनुसन्धान गर्ने गराउने प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु पर्छ र सो शब्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षक तथा यस ऐन अन्तर्गत बनेको नियममा शिक्षक भनी तोकिएका व्यक्तिलाई समेत जनाउँछ ।
(द) “कर्मचारी” भन्नाले विश्वविद्यालय सञ्चालन सम्बन्धमा व्यवस्थापकीय एवं सहयोगीको कार्य गर्ने गराउने शिक्षक बाहेकका व्यक्ति सम्झनु  पर्छ ।
(ध) “विद्यार्थी” भन्नाले क्याम्पसमा भर्ना भई अध्ययन वा अनुसन्धान गर्ने छात्रा तथा छात्र सम्झनु पर्छ ।
(न) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।