दफा २७
जोखिम
२७. जोखिम
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने भएकोले औद्योगिक उत्पादनको गुणस्तर र उत्पादकत्वमा वृद्धि गरी प्रतिस्पर्धी वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्न नसकिएमा नेपाली उद्योगहरू सीमान्तकृत ९ःबचनष्लबष्किभम० हुन सक्ने सम्भावना रहेको हुँदा यस
पक्षलाई ध्यानमा राखि अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी वनाई प्राप्त पृष्ठपोषण का आधारमा ऐन तथा नीतिमा समयानुकुल परिवर्तन गर्ने तर्फ सचेत हुनुपर्ने देखिएको छ । साथै, उद्योग क्षेत्रको योगदान राजश्व अभिवृद्धितर्फ भन्दा पनि रोजगारी सृजना, आय आर्जन एवं कूल राष्ट्रिय उत्पादनमा अभिवृद्धितर्फ परिलक्षित गर्न सकिएमा मात्र उद्योग क्षेत्रको विकासका लागि सकारात्मक र सवल वातावरण सृजना हुन जाने हुन्छ ।