८. नीति
उद्देश्य ७.१ सँग सम्बन्धित नीति (७.१ गुणस्तरीय तथा प्रतिस्पर्धात्मक औद्योगिक उत्पादन एवम् उत्पादकत्व अभिवृद्धिबाट राष्ट्रिय आय र रोजगारी तथा औद्योगि ्उत्पादकत्व अभिवृद्धिबाट राष्ट्रिय आय र रोजगारी तथा औद्योगिक बस्तुको निर्यात बढाउने ।)
८.१ औद्योगिक वस्तुको निकासी बढाउन सहयोग पु¥याई विदेशी मुद्रा आर्जन गर्ने र भुक्तानी सन्तुलनमा सघाउ पु¥याइनेछ ।
८.२ औद्योगिक वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता, गुणस्तर तथा उत्पादकत्व बढाउन राष्ट्रिय एवं औद्योगिक एकाइको तहमा नयाँ प्रविधिको विकास तथा प्राप्तिलाई प्राथमिकता दिइनेछ ।
८.३ सुदृढ औद्योगिक सम्बन्धलाई उद्योग विकासको प्रवल आधार मानी उत्पादकत्व वृद्धि हुने गरी लचिलो श्रम नीति बनाई रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा थप रोजगारी सृजना र सुनिश्चितता प्रदान गर्ने उद्देश्यले श्रम कानूनले निर्दिष्ट गरे बमोजिम काम नगर्दाको पारिश्रमिक दिनु नपर्ने सिद्धान्त ९ल्य उबथ ायच लय धयचप उचष्लअष्उभि० लाई अंङ्गिकार गरिनेछ ।
८.४ निर्यातमूलक उद्योग, विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग, प्राथमिकता प्राप्त उद्योग, र अति अविकसित, अविकसित र कमविकसित क्षेत्रमा स्थापित द्योगहरूलाई प्रोत्साहनस्वरूप थप सुविधा एवम् सहुलियत उपलव्ध गराइनेछ ।
८.५ विश्वमा नयाँ सम्भावनाको रूपमा अगाडि बढिरहेको औद्योगिक सूचना तथा सञ्चार, उपयुक्त प्रविधि एवं जैविक प्रविधि को क्षेत्रमा
अनुसन्धान तथा विकाससम्बन्धी कार्य सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
उद्देश्य ७.२ सँग सम्बन्धित नीति (७.२ स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी सन्तुलित क्षेत्रीय विकासमा उद्योग क्षेत्रको योगदान बढाउने ।)
८.६ स्थानीय स्रोत र कच्चा पदार्थ, सीप, श्रम र प्रविधिको उपयोग गर्ने उद्योगको प्रवद्र्धन गर्न विशेष जोड दिइनेछ ।
८.७ प्रतिस्पर्धात्मक लाभ र तुुलनात्मक फाइदा भएका क्षेत्रको पहिचान एवं उपयोग गरी औद्योगिक आधारलाई बलियो र दिगो बनाइनेछ ।
८.८ राष्ट्रिय उद्योगहरूको संरक्षणका लागि नेपालमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएको औद्योगिक उत्पादन सरकारी तथा सरकारी स्वामित्व भएको संस्थाले खरिद गर्ने गरी प्रोत्साहनको व्यवस्था गरिनेछ ।
उद्देश्य ७.३ सँग सम्बन्धित नीति (७.३ नविनतम प्रविधि एवम् वातावरणमैत्री उत्पादन ्वातावरणमैत्री उत्पादन प्रक्रियालाई प्रयोग गरी उद्योग व्यवसायलाई दिगो एवम् भरपर्दो क्षेत्रको ्भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्ने ।)
८.९ आफ्नै प्रयासमा वातावरण मैत्री प्रविधि एवम् उर्जा वचत गर्ने उद्योगहरूलाई प्राविधिक र आर्थिक सहयोग पु¥याइनेछ ।
८.१० हरित उद्योगको प्रवद्र्धन तथा स्थापित उद्योगहरूलाई प्रदूूषणमुक्त र शुन्य कार्वनयुक्त तुल्याउन विशेष उपाय अवलम्वन गरिनेछ ।
उद्देश्य ७.४ सँग सम्बन्धित नीति (७.४ औद्योगिक विकासका लागि आवश्यक उत्पादनशील जनशक्ति तथा व्यवस्थापकीय क्षमताको विकास गर्दै सवल लगानीको आधार खडा गरी नेपाललाई सार्क क्षेत्र तथा विश्वकै आकर्षक लगानीस्थलको रूपमा स्थापित गरिनेछ ।)
८.११ स्वरोजगारीको अवसर सृजना गर्न उद्योग व्यवसायमा सिर्जनसिल युवा प्रतिभालाई आकर्षित गर्न औद्योगिक सीप, उद्यमशिलता विकास तथा कुशल औद्योगिक व्यवस्थापनका लागि क्षमता अभिवृद्धिका क्रियाकलापलाई अभियानका रूपमा संचालन गरिनेछ ।
८.१२ समष्टिगत आर्थिक नीति, राजश्व नीति, स्थानीय कर र अन्य क्षेत्रगत नीति निर्माण तथा परिमार्जन गर्दा औद्योगिक नीतिसँग प्रतिकूल नहुने पद्धति अवलम्वन गरिनेछ र उद्योगलाई संरक्षण, सुविधा तथा सहुलियत उपलव्ध गराउँदा वहुपक्षिय एवम् क्षेत्रीय संझौताका प्रावधानसँग सामञ्जस्यता कायम राखिनेछ ।
८.१३ औद्योगिक सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउनका लागि औद्यौगिक सुरक्षा वल गठन गरी प्रभावकारी तुल्याइनेछ ।
८.१४ वैदेशिक लगानी संरक्षण, विविधीकरण र प्रवद्र्धन गर्न गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ र प्रत्यक्ष वैदेशिक लगानी ९ँयचभष्नल म्ष्चभअत क्ष्लखभकतmभलत० बढी गर्ने मुलुकस्थित नेपाली राजदूतावास तथा नियोगमा औद्योगिक लगानी प्रवद्र्धनका लागि आर्थिक कुटनीतिक एकाईलाई सबल तुल्याइने छ ।
८.१५ निजी तथा सहकारी क्षेत्र समेतको सहभागितामा लगानी प्रवद्र्धन कोष, प्रविधि विकास कोष, लघु घरेलु तथा साना उद्योग विकास कोष, रुग्ण उद्योग पुनरुत्थान कोष र गैह््र व्यवसायिक र गैह््र व्यापारिक जोखिम को क्षतिपूर्ति दिन औद्योगिक लगानी संरक्षण कोष को स्थापना तथा संचालन गरिनेछ ।
८.१६ उद्योगलाई संरक्षण, सुविधा तथा सहुलियत उपलब्ध गराउन लगानी बोर्ड, एकल विन्दू सेवा केन्द्र, औद्योगिक प्रवद्र्धन बोर्ड, औद्योगिक क्षेत्र व्यवस्थापन प्राधिकरण, औद्योगिक जनशक्ति विकास प्रतिष्ठान, नेपाल व्यवसाय मञ्च जस्ता संस्थागत व्यवस्था गरिनेछ ।
८.१७ उत्पादन प्रक्रियामा अग्र एवम् पृष्ट सम्बन्ध (Forward and backward
linkages) जस्ता क्रियाकलापलाई प्रोत्साहित गरिनेछ । बढाउन सहयोग पुग्ने गरी ( Contract Manufacturing,
Outsourcing, Contracting-out, Franchising, Ancillary / Buy Back) जस्ता क्रियाकलापलाई प्रोत्साहित गरिनेछ ।
उद्देश्य ७.५ सँग सम्बन्धित नीति (७.५ औद्योगिक बौद्धिक सम्पत्ति अधिकारको संरक्षण
गर्ने ।)
८.१८ बौद्धिक सम्पत्ति अधिकार संरक्षणको लागि प्रभावकारी निकाय स्थापना गरिनेछ ।
८.१९ बौद्धिक सम्पत्तिको प्रयोग गर्न उद्यमीलाई विशेष प्रोत्साहन दिइनेछ ।