दफा २३
डीन
:(१) प्रतिष्ठानको सङ्कायको प्रमुख भई काम गर्नको लागि उपकुलपतिले डीनको नियुक्ति गर्नेछ ।
(२) डीन प्रतिष्ठानको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) डीनको पदावधि चार वर्षको हुनेछ ।
(४) डीनको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछ ।