दफा २२
रजिष्ट्रार
(१) प्रतिष्ठानको आर्थिक र कर्मचारी प्रशासन सम्बन्धी कामको रेखदेखको लागि उपकुलपतिको
सिफारिसमा सहकुलपतिले रजिष्ट्रारको नियुक्ति गर्नेछ ।
(२) रजिष्ट्रार प्रतिष्ठानको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ ।
(४) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त
तोकिए बमोजिम हुनेछ ।